2024-04-20

Close

आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ को (ख) मा स्थानीय निर्वाचनको मत परिमाण अनुसार बाम लोकतान्त्रिक गठबन्धन भन्दा एमाले जसपा गठबन्धन बलियो देखिएको छ।
यो क्षेत्रमा एमाले जसपा गठबन्धनवाट हरेराम प्रसाद कुर्मी ,बाम लोकतान्त्रिक गठबन्धनवाट लोसपाका रमेश कुर्मी र स्वतन्त्र उम्मेदवार रुपेशमान सिंह बीच प्रतिस्पर्धा हुँदैछ ।गठबन्धनद्वय उम्मेदवारहरु बिच निकै भिडन्त हुने देखिएको छ भन्ने अहिले जनताले देश भरि स्वतन्त्र उम्मेदवारलाई जिताउन लहर भएकोले अन्तिम निर्णय कुर्मी र पटेल बीच आउने भएपन सिंहले कुन पक्षको मत बढी प्रभावित बनाउँछन् भन्ने कुरा यो क्षेत्रमा महत्वपूर्ण हुने देखिन्छ ।
कुर्मी गठबन्धनमा लोसपाको उम्मेदवार हुन भने काग्रेस र माओवादी सँग तालमेल गरेपनि कुर्मी यो क्षेत्रमा काग्रेस र माओवादीको मत पाउने छैनन् । स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहको बढ्दो सक्रियताले क्षेत्र नम्बर २ को (ख) मा बेग्लै माहोल सिर्जना गरिदिएको छ । जन्मथलो यही क्षेत्रमा भएका उनले मतदातालाई रिझाउन गरिरहेको प्रयासले कुर्मी र पटेललाई चुनौती थपिने देखिन्छ । उनले दुवै पक्षको मत कटाउने भएकाले यसको असर कुर्मी र पटेल कसलाई बढी पर्छ भन्ने एकिन गर्न गाह्रो छ ।

पर्साको २ को ख मा २०७४ को चुनावमा लोसपाका कुर्मी र र कांग्रेसका रामरुप पटेल बीच कडा प्रतिस्पर्धा भएको थियो । कुर्मीले १९ सय सात मतले शर्मालाई पराजित गरेका थिए । ढकालले ९हजार ७ सय ६ र काग्रेसका पटेलले ७ हजार ६सय ६६२ मत प्राप्त गरेका थिए । यसपटक पनि बाम लोकतान्त्रिक गठबन्धनको लोसपाबाट दोहोरिएका छन् भन्ने एमाले जसपाको गठबन्धनवाट नयाँ अनुहारको रुपमा कुर्मी छन् । स्वतन्त्र उम्मेदवार सिंहको प्रवेशले चुनावी माहोल तताएको छ ।
स्वतन्त्र उम्मेदवार सिंह स्वास्थ्य, शिक्षा निःशुल्क, गुणस्तरीय शिक्षा, रोजगारी सिर्जना, तटबन्ध, विकास निर्माण, यस क्षेत्रका जनताको जीवनस्तर उकास्नुलाई चुनावी मुद्दा बनाएको छन् । यो निर्वाचन क्षेत्रमा पार्टीको मत बढी भए पनि सिंहलाई व्यक्तिगत गठबन्धनद्वयवाट रुष्ट भएकाहरुको भोट आउने आश छ । घरदैलोमा सिंह क्रेजले भीड लाग्ने गर्छ । जस स्वरुप उनले आफ्नो कुराहरु खुलर राख्न पाएका छन् ।
कुर्मीले सडक, सिँचाइ, खानेपानीको सहज सुविधा र गरिब समुदायकालाई चिकित्सा शिक्षामा निःशुल्क अध्ययन, युवालाई रोजगारी र खोलाको कटान जस्ता समस्यालाई चुनावी मुद्दा बनाएका छन् । अघिल्लो चुनावमा शिक्षा र स्वास्थ र मधेसको समस्या समाधानलाई प्रमुख चुनावी मुद्दा बनाएकाले संसदमा समेत आवाज नउठाएकाले मधेसी र क्षेत्रबासि रुष्ट छन्।
एमाले जसपाको गठबन्धनका उम्मेदवार पटेलले बिकास र शिक्षा स्वासथ र रोजगारीको समस्यालाई मुद्दा बनाई चुनाव पर्चामा होमिएका छन्।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा जसपाले क्षेत्र नम्बर २ को ख अन्तर्गतका वीरगंज महानगरपालिका स्थानीय तहको प्रमुख पदमा विजयी भएको छ ।सो क्षेत्र वीरगंज महानगरपालिकाको १० वटा वडा छन् भन्ने बहुदरमाई नगरपालिकाको वडा २ पर्छन् ।
वडाध्यक्षले ११ वटा वडामा पाएको मतका आधारमा एमाले थोरै मतले पछि छ । एमालेले वडागत रुपमा ५हजार ६ सय २५ मत प्राप्त गरेको छ ।
नेपाली कांग्रेसले वडागत रुपमा९ हजार २ सय ५२मत प्राप्त गरेको छ । जसपाले वडागत रुपमा ९ हजार४ सय १४ मत प्राप्त गरेको छ ।
जसपाले ४ वटा वडाध्यक्ष जित्दा कांग्रेसले ४ वडामा जित हासिल गरेको छ भन्ने एमालेले २ वडा जित हात पारेको छ। एउटा वडा लोसपाले जितेको छ । क्षेत्र नम्बर २ को ख मा माओवादीले ५ सय ५५ ,साईकल दुई हजार ६२५मत ल्याउँदा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवारले एक हजार ८६४ मत ल्याएका थिए ।
वडागत मतका आधारमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन भन्दा एमाले र जसपाको गटबन्धन अघि देखिए छ। वडाध्यक्षहरूले प्राप्त गरेको मतका आधारमा सत्तारूढ गठबन्धन भन्दा एमाले गठबन्धन १ हजार ८सय १९ मतले अगाडि देखिन्छ ।
यस क्षेत्रमा नौ दल र ६ स्वतन्त्र गरी १५ जना उम्मेदवार चुनावी मैदानमा छन्  । यस क्षेत्रमा ४३ हजार १सय २२ मतदाता छन् ।

 

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds