अप्पन जनकपुर
रौतहट । रौतहट प्रहरीले नक्कली नेपाली नोटसहित पक्राउ परेको एक युवकलाई सार्वजनिक गरेको छ ।
बिहीवार जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकार सम्मेलनमा गर्दै १८ लाख ४३ हजार नक्कली ९ जाली नोट सहित रौतहटको गुजरा नगरपालिका वडा नं. ५ हरिहरपुर बस्ने वर्ष २५ को संदिप यादवलाई सार्वजनिक गरेको हो ।
जिल्लाको देवाही गोनाही न.पा. वडा नं. ८ पटेल चौकमा चेक प्वाईन्ट खडा गरी आकस्मिक रुपमा शंकास्पद सवारी साधन तथा मानिसहरुलाई चेकजाँच गर्ने क्रममा यादवको साथबाट जाली नोट जस्तो देखिने नेपाली रुपैया एक हजार दरको नोट थान १८४३ थान फेला परेको थियो ।
गन्दा १८ लाख ४३ हजार जाली नोट फेला परेको र उक्त रकम सहित यादवलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय ल्याईएको प्रहरी नायब उपरिक्षक एलिजा गिरीले बताएकि छन् ।
जाली नोट सहित पक्राउ परेको यादबको साथबाट बिभिन्न बैंकको ५ थान ब्त्ः ख्क्ष्क्ब् ऋबचम, सोह्र लाख पैसठ्ठी हजार उल्लेख भएको चेक ३ थान र इएएइ कम्पनीको मोबाईल थान १ समेत बरामद गरिएको नायब उपरिक्षक गिरीले बताईन ।
यादब माथि मुद्रा सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान तथा कारवाही अगाडी बढाईएको र यसमा संलग्न अन्य व्यक्तिहरुको समेत पहिचान गरी खोजतलास गर्ने कार्य भईरहेको डिएसपी गिरीले बताईन ।
यसअघि पनि गरुडा नगरपालिका वडा नं. ५ स्थित शिवनगर मेलाबाट गएको असार २१ गते १ सय दरको ४ थान नक्कली नोट सहित ४ जना, गएको कार्तिक १० गते गरुडा नगरपालिका ४ स्थितबाट एक हजार दरको ७ थान नक्कली नोटसहित ३ जना र गएको मंसिर ३० गते चन्द्रपुर नगरपालिका वडा नंं १० बालचनपुरबाट एक हजार दरको नोट २० थान सहित १ जनालाई प्रहरीले पक्राउ रौतहटको प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले बताए ।
रौतहटमा जाली नोट कारोबारीको सन्जाल बढेको प्राप्त सुचनाको आधारमा प्रहरीको अत्यधिक मेहनतले रौतहट प्रहरीले यो सफलता हात पारेको उपरीक्षक श्रेष्ठले पत्रकारहरुलाई बताएका थिए ।
यस्ता गतिबिधि भविष्यमा हुन नपाउने आवस्था सृजना गर्नको लागि सुचना दिने तथा प्रहरी अनुसन्धान तथा कारवाहीमा साथ सहयोग दिने सम्पुर्ण महानुभावहरुमा हार्दिक आभार प्रकट गर्दै भविष्यमा पनि यस्तै सृजनात्मक सहयोगको अपेक्षा गर्दै रौतहट प्रहरीले राष्ट्रको अर्थतन्त्रमा नकरात्मक प्रभाव पार्ने यस्ता राज्य बिरुद्धको अपराधिक गतिबिधिलाई निष्तेज पारी संलग्न ब्यक्तिहरुलाई कानूनी दायरामा ल्याई शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापनको लागि रौतहट प्रहरी हर समय तत्पर रहेको व्यहोरा प्रहरी नायब उपरीक्षक एलिजा गिरीद्वारा हस्ताक्षरित प्रेस बिग्यप्तिमा उल्लेख छ ।