2024-05-06

Close

जनकपुरधाम । धनुषाको पाँच वटा स्थानीय तहले निर्धारित समयमा बजेट ल्याउन सकेका छैनन् । बजेट बाँडफाँटमा विवाद भएपछि पाँच पालिकाले बजेट ल्याउन नसकेको देखिएको छ ।

असार १० गतेभित्र सबै स्थानीय तहले बजेट ल्याइसक्ने कानुनी प्रावधान छ । तर, मिथिला नगरपालिका, कमला नगरपालिका, शहीदनगर नगरपालिका, धनौजी गाउँपालिका र औरही गाउँपालिकाले निर्धारित समयमा बजेट ल्याउन सकेका छैनन् । यी पालिकाहरुमा अल्पमत बहुमत तथा योजना बाँडफाँटमा विवाद देखिएको छ ।

मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोले नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको आन्तरिक विवादका कारण बजेट प्रभावित भएको आरोप लगाए । पटक–पटक नगरसभा गर्ने प्रयास गरे पनि असफल भएको उनको गुनासो छ । ‘दुई पटक नगरसभा गर्ने विषयमा कार्यपालिका बैठक आह्वान ग¥यौं । तर दुबै पटक एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु अनुपस्थित हुनुभयो,’उनले भने,‘बुँदागत रुपमा उहाँहरुले हालसम्म कुनै माग पनि राखेका छैनन् । खै के हो रु उहाँहरुसँगै बुझ्न्स ।’ यस विषयमा उपप्रमुख सुनिता सिंह बुढाथोकीलाई पटक–पटक सम्पर्क गर्न खोज्दा पनि फोन उठाएनन् ।

यस्तै, धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार साहले बजेट ल्याउने प्रयासमै रहेको बताए । कुन कारणले निर्धारित समयमा बजेट आउन नसकेको सँचारकर्मीको जिज्ञासामा उनले पुनः सोही कुरा दोहो¥याएर फोन राखे । तर, यस पालिकामा योजना बाँडफाँटमा विवाद रहेको बुझिएको छ ।

कमला नगरपालिकाले नीति तथा कार्यक्रम ल्याए पनि बजेट ल्याउन सकेका छैन् । उपप्रमुख शिलादेवी मण्डलले बजेट आउन समय लाग्ने बताइन् । जनप्रतिनिधिहरुको विगतकै माग पूरा नभएको कारणले बजेट नआएको उनले बताइन् । यसअघि उनले चालु आर्थिक वर्षको नगरसभा खारेजको माग गर्दै उच्च अदालत जनकपुरमा मुद्दा नै दिएकी थिइन् । नगर प्रमुख विशेश्वर यादवसँग सुरुवाती समयदेखि उनको मनमुटाव छ ।

शहीदनगर नगरपालिकामा नगरसभा हुने बारे कुनै तयारी छैन् । जनप्रतिनिधिहरुले नगर प्रमुखसँग असन्तुष्ट छन् । नगर प्रमुख दिनेशप्रसाद यादवले बजेट ल्याउन केही समय लाग्ने बताए । सबै पक्षलाई समेटेर अगाडि बढ्न खोज्दा निर्धारित समयमा बजेट ल्याउन नसकेको उनको भनाइ छ । तर उपप्रमुख सुनिता कुमारी सिंहले छलफल गर्न बाँकी रहेको कारण बजेट ल्याउन नसकेको बताइन् ।

योजना तर्जुमा भए पनि अन्य काम छलफलमा सहमति नभएकै कारण अगाडि नबढेको उनले बताइन् । ‘केही विषयमा छलफल गर्न बाँकी छ । योजना र राजस्व परामर्श समितिहरुसँग पनि छलफल गर्न बाँकी छ । उनले योजना बाँडफाँटतर्फ संकेत गर्दै भनिन्,‘ प्रमुख प्रशासकीय अधिकृत सावन चौधरी पनि बाहिर छन् । अब हामी छलफल गरेर बजेट ल्याउने तयारी गर्छौ ।’

यस्तै, औरही गाउँपालिकाका अध्यक्ष उमाशंकर प्रसाद साहले अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले विवाद खडा गरेको बताए । उनका अनुसार ती जनप्रतिनिधिहरुले अन्य नेताको इसारामा चलेको कारण विवाद भइरहेको बताए । जनकपुरटुडेमा यो समाचार छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds