वीरगंज १ श्रावण
पर्सा प्रहरीले बिल बिजक भन्दा बढी बोकेको मालबाहक सवारी साधनहरुबाट हाडयेवर र लत्ताकपडाहरु बरामद गरेको हो।
प्रहरीले ट्रक र पिकपबाट बिलबिजक भन्दा बढी बोकेको हाडयेवर र लत्ताकपडाहरु करिब साढे १करोड रुपैया बराबरको नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट विशेष सुचनाको आधारमा गण्डक स्थित सडक खण्डमा खटिएको टोलीले वीरगंजबाट काठमाडौ तथा बुटवल तर्फ जादै गरेको ना५ ख ६९५९ नम्बरको मालवाहक ट्रक र प्रदेश ३-०१-०२२ च ३५५५ नम्बरको पिकअप गाडी रोकी चेकजाँच गर्दा बिल बिजक भन्दा बढिको हाडवेयर र लत्ताकपडाहरु करिब १ करोड ४३ लाख ६४ हजार रुपैया बराबरको सामानहरु सहित सवारी साधनहरुलाई बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी नायब उपरीक्षक कोमल शाहले जानकारीदिनु भयो।
त्यसैगरि पक्राउ परेको हाडयेवर , लत्ताकपडाहरु सहित मालबाहक ट्रक र पिकपलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि राजशव अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको प्रहरी उपरीक्षक कोमल शाहले बताए।