2024-04-25

Close

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रीमा नियुक्त भएका उमाशंकर अरगरिया सकृयतापूर्वक कामलाई अगाडि बढाएका छन् ।
मन्त्रीमा शपथ लिए लगत्तै आफ्नो गृहनगर जनकपुरधामस्थित जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गराउन अध्ययन समिति गठन गरी काम शुरु गरेका उनले आफ्नो विभाग अन्तर्गतका निकायलाई चुस्त–दुरुस्त बनाउन लागिपरेका छन् ।
पछिल्लो पटक उनले पर्यटन क्षेत्रको विस्तार प्रवद्र्धनका लागि आवश्यक कार्ययोजना तयार गरी कार्यान्वयन गर्न पर्यटन विभागलाई निर्देशन दिएका छन् ।

मंगलबार काठमाडौंमा विभागको निरीक्षण गर्दै मन्त्री अरगरियाले पर्यटन क्षेत्र नेपालको आर्थिक बिकासका लागि महत्वपूर्ण क्षेत्र भएको भन्दै यसको व्यवस्थित र उचित बिकासका लागि विभागले बनाउने कार्ययोजनालाई सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।
उनले पर्यटनसम्बन्धी भौतिक पूर्वाधार निर्माणका काम समयमा नै कार्यान्वयनको चरणमा लैजान र समयमा नै गुणस्तरीय काम सम्पन्न गर्न र जिम्मेवारीपूर्वक काम गर्न विभागलाई निर्देशन दिए ।

पर्यटनका प्रमुख क्षेत्रहरु होटल, ट्राभल, ट्रकिङ क्षेत्रको स्थापनामा समन्वय र सहजीकरणका साथ नियमित अनुगमनमार्फत कानूनी दायरा कायम गर्न तथा पर्वतारोहण सम्बन्धी क्षेत्रमा नेपालको विशिष्ट स्थान बनाउने योजन सहित काम गर्न पनि उनले निर्देशन दिए ।

यसअघि नागरिक उड्डयन प्राधिकरणका प्रमुखसहित कर्मचारीसँगको अन्तरकृयामा बोल्दै मन्त्री अरगरियाले हवाई सेवामा सुधार ल्याउन निर्देशन दिए ।
हवाई सुधारको ठोस योजना ल्याउन हवाई सेवालाई व्यवस्थित नबनाइए हस्तक्षेप गर्ने उनले बताए ।
त्यसअघि मन्त्री अरगरिया विमानस्थलको स्थलगत अवलोकन गर्दै भएका सुधारको प्रशंसा गरेका थिए । विमानस्थललाई थप राम्रो बनाउन उनले निर्देशन समेत दिएका थिए ।

मन्त्री अरगरियाले आफू मन्त्री रहेसम्म आफ्ना निकायलाई राम्रो बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds