अप्पन जनकपुर
जनकपुरधाम । धनुषा र सिरहा जिल्ला जोडने कमला पूलको निर्माण हुन नसक्दा आवतजावत गर्ने सर्वसाधारण अति मार्कामा परेका छन् ।
१५ मिनेटको बाटोको लागि पनि २ घण्टा लगाएर जयनगरको बाटो जानुपर्ने बाध्यता रहेको छ । भत्किएको कमला पूलबाट पैदल आवतजावतको लागि पनि बाँसको सिढीमा चढन २० रुपैयाँ लिने गरिएको छ ।
पानी कम भएपछि नदीमा बाँसको पूल बनाएर ५० देखि १०० रुपैयाँसम्म लिने गरेका सोही ठाउँका स्थानीयहरुले अहिले बाँसको सिढी बनाएर २० रुपैयाँ लिने गरेको छ । पैदल यात्रा गर्न पनि २० रुपैयाँ तिर्नुपर्ने महिनौपछिको बाध्यतापछि अब सिरहा नगरपालिकाले त्यहाँ बाँसको पूल निर्माण गर्ने भएको छ ।
सिरहा नगरपालिकाले भत्किएको पुलसँगै जोडेर सर्वसाधारणलाई आवतजावत गर्न बाँसको पूल निर्माण गर्न लागेको हो । सोही ठाउँमा हुलाकी राजमार्ग आयोजना समेत पूल बनाउने योजना बनाएको छ ।