पर्सा प्रहरीले पटेर्वासुगौलीबाट प्रतिबन्धित लागू औषध गाँजा २९ किलो सहित दुई जनालाई पक्राउ गरेको छ।
वीरगंज २ शुक्रबार
पर्सा प्रहरीले पटेर्वासुगौलीबाट प्रतिबन्धित लागू औषध गाँजा २९ किलो सहित दुई जनालाई पक्राउ गरेको छ।
पटेर्वा सुगौली स्थित रहेको सुनवर्साका जैनुल होदाको घरबाट गाँजा सहित दुईजना पक्राउ गरेको हो
प्रहरीले विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहको कमाण्डमा खटिएको टोली पटेर्वासुगौली गाउँपालिका वडा नं.३ सोनवर्साका जैनुल होदाको घरमा खनतलासी गर्द प्रतिबन्धित लागू औषध गाँजा २९ किलो बरामद गरेको पर्सा प्रहरीले जनाएको छ।
प्रहरीको अनुसार लागूऔषध किनबेचमा संलग्न रहेको मकवानपुरका रामजिङ थिम र जैनुल होदालाई पक्राउ गरि लागूऔषध सम्बन्धि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताउनुभयो ।