धनुषाको शहिदनगरका मेयर यादवलाई उच्च अदालतमा बोलाइयो

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका नगर प्रमुख दिनेश प्रसाद यादवलाई उच्च अदालत जनकपुरले बोलाएको छ ।

शहिदनगर नगरपालिका वडा नं. २ चोराकोयलपुरस्थित एक स्थानीयको नीजि जग्गामा सडक बनाएपछि दिएको मुद्दामा मेयर यादवलाई अदालतमा बोलाएको हो ।

बिज्ञापन

उच्च अदालत जनकपुरले शहिदनगर नगरपालिका वडा नं. २ बस्ने कारिचन यादवका छोरा पाण्डव यादवले दिएको रिटमा उच्च अदालत जनकपुरले मेयर यादवलाई प्रमाण सबुतसहित उपस्थित हुन पत्राचार गरेको हो ।

रिटमा अदालतको आदेशको अवहेलना गरेको भन्दै मेयर यादवलाई प्रमाण सबुतसहित उपस्थित हुन आदेश दिएको हो । यादवलाई उच्च अदालतको अवहेलना मुद्दा लगाईएको हो ।

मेयर यादवले राजनीतिक प्रतिशोध साध्नको लागि पाण्डव तर्फ सडकको बहाना घर भत्काएको आरोप लगाईएको छ ।