प्रमुख समाचार
विपिन कुमार यादव/जनकपुरधाम : धनुषाको कमला नगरपालिका स्थित जनता आधारभूत बिधालय दुबरकोट हटलेटबा अन्तर्गतमा जनता सामाजबादी पार्टी कमला नगरका युवा अध्यक्ष राम कुमार साह र युवा नेता इसराफिल अनसारीको नेतृत्वमा बृक्षारोपन सम्पन्न गरेको छ ।
जनता सामाजबादी पार्टीको युवाहरूले पर्यावरण संरक्षणका लागि बिधालय परिसरमा बृक्षारोपन निरन्तर गरिरहेका हुन। कमला नगरपालिका वडा नं.९ युवा समितिको युवा अध्यक्ष एभरेन मण्डलको अध्यक्षतामा बृक्षारोपन गरिएको छ।
बृक्षारोपन समारोहमा प्रमुख अतिथि जसपाका केन्द्रिय सदस्य अरुण सिंह मण्डल,जसपा धनुषा जिल्ला युवा सचिब बिजय कुमार यादव , क्षेत्रीय सदस्य पलटु मण्डल,समाजसेवी नेता छठु मण्डल,जितेन्द्र यादव, बिधालयको शिक्षक राजदेब मण्डलको विशेष उपस्थितमा बृक्षारोपन सम्पन्न गरेको थिए । त्यस्तै कमला नगरपालिका वडा नं.६ सखुवा मरान स्थित जन्ता प्राथमिक बिद्यालयको प्रागनमा युवा नेता इसराफिल अन्सारिको अध्यक्षतामा बृक्षा रोपन कार्यक्रमको प्रमुख अतिथी खडान्न्द यादब विशिष्ट अतिथी त्रिलोक महतो बिमलेश यादब ,गुडडु यादब,ओम प्रकाश महतो,राम बाबू मण्डल,दिनेश महतो ,अमर महतो ,रकेश साह मोजिबुल अन्सारी ,चलित्तर महतो ,भोगेन्द्र यादब ,भोला सहनी ,दिनेश साह ,धन्बिर पासमान शिक्षक रामबृक्ष यादब लगायतका उपस्थिति रहेको थियो ।
कार्यक्रममा विशेष सहयोग युवा सुजित साह,कृष्णदेब यादव,धनबिर पासमान,रामबाबु मण्डल,मुनिलाल महतो,खडानन्द यादव,उमेश बिराजी,एभरेन मण्डल,किशोरी पासमान,सुरेश मुखिया लगायतका युवा नेताकार्यकर्ताहरूको विशेष उपस्थितमा कार्यक्रम बिधिवत रुपमा निरन्तर गर्ने युवा नेता इसराफिल अनसारीले अप्पन जनकपुरलाई बताए ।