2024-04-30

Close

जनकपुरधाम । विश्व प्रसिद्ध जानकी मन्दिर विस्तारै नीजिकरण भईरहेको पुख्ता सबुतहरु बाहिर आउन थालेको छ । जानकी मन्दिरका महन्थको एकलौटी धार्मिक आस्था विरुद्धको शासन प्रणालीले जानकी मन्दिरको अस्तित्व खतरामा पारिएको छ ।

सोही क्रममा जानकी फूलबारीमा फूलको साटो तरकारी बारी लगाइएको छ । जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले जानकी फूलबारीमा फलफूलको साटो तरकारी उब्जाउन थालेपछि चौतर्फी विरोध भएको छ ।

अतिक्रमणको समेत चपेटामा परेका जानकी फूलबारीको आफ्नै महत्व र इतिहास छ । सो इतिहास र अस्तित्वलाई मासेर मन्दिरका महन्थले आफूखुसी जानकी मन्दिरको मर्यादा प्रतिष्ठासँग खेलवाड गर्न थालेका छन् ।

जानकी मन्दिरको पौराणिक गरगहनाहरु चोरेर लगेको, बिक्री गरेको आरोप प्रत्यारोप लागिरहेकै बेला जानकी फूलबारीको समेत अस्तित्व निभाउने चेष्टा गरेका महन्थ विरुद्ध समाजिक सँजालमा मोर्चाबन्दी सुरु भएको छ । विश्व सम्पदाको सूचिमा सूचिकृतको तरखरमा रहेको जानकी मन्दिरको अस्तित्वलाई मासेर महन्थले तरकारी बारी सुरु गरेका छन् ।

हिन्दु धर्मावलम्बीहरुको देवी जानकीले बाल्यकालदेखि नै आफ्नो फूलबारीमा रमाउने किम्दन्ती छ । विभिन्न प्रकारको फलफूल हुनुपर्ने जानकी फूलबारीमा अहिले भिन्डी, बोडी, लौका, घिरौला, भाँटा जस्ता तरकारीहरु उब्जाउन थालेपछि जनकपुरवासीहरुले समाजिक सँजालमै आक्रोस पोखेका छन् । जानकी फूलबारीमा भगवान राम र सीताको पहिलो भेँट भएको किम्बदन्ती पनि रहेको छ ।

यस सन्दर्भमा जानकी मन्दिरका छोटा महन्थ राम रोशन दाससँग फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेनन् । ३ बर्ष अघि नै डिजाइन गरिएको जानकी फूलबारी नयाँ स्वरुप

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds