2024-04-29

Close

जनकपुरधाम । सीता–राम विवाह पञ्चमी महोत्सवको आज चौथो दिन भगवान रामको टिकाटालो गरिएको छ । टिकाटालो विधिलाई ‘तिल्कोत्सव’ भनिन्छ ।

विवाह पञ्चमी महोत्सवको तेस्रो दिन बिहीबार जानकी मन्दिरमा ‘धनुष यज्ञ’ सम्पन्न भएको थियो ‌। भगवान रामको रुपमा सुसज्जित बालकले सांकेतिक ‘शिव धनुष’ तोडेका थिए ।

त्रेतायुगमा मिथिलाका राजा जनकले शिवधनुष उठाउन सक्ने महापुरुषसंग पुत्री सीताको विवाह गर्ने प्रण लिएका थिए । त्यसैले ‘धनुष यज्ञ’ राखियो, जसमा कैयौं राजा महाराजा सहभागी बनेपनि शिव धनुष हल्लाउन पनि सकेनन् । तर भगवान राम सोही शिव धनुष उठाएर तीन टुक्रा पारे र सीतासंग विवाह गर्न योग्य बनेको प्रसंग रामायण ग्रन्थमा उल्लेख छ ।

त्रेतायुगकै झझल्को दिनेगरी जानकी मन्दिरमा बिहीबार ‘धनुष यज्ञ’ सम्पन्न भयो । भगवान राम शिव धनुष तोडेसंगै आदर्श नारी सितासंग विवाहका लागि योग्य भएकाले आज मिथिलाको संस्कृतिअनुसार ‘टिकाटालो’ गरिएको छ ।

भगवान रामको टिकाटालो गर्न जानकी मन्दिरबाट बाजागाजासँगै दुलही पक्ष फलफूल र मिठाइसहितका कोसेली लिएर राम मन्दिरमा गएका थिए । राम मन्दिर परिसरमा आयोजित ‘तिलकोत्सव’ समारोहमा घण्टौसम्म वैवाहिक लोकगीत र नृत्य चल्यो । यो कार्यक्रम हेर्न ठूलो संख्यामा साधुसन्त र सर्वसधारण सहभागी थिए ।

वैवाहिक विधिअनुसार माइती पक्षका रुपमा जानकी मन्दिरका महन्त रामतपेश्वर दास ’वैष्णव’ले राम मन्दिरमा तिलक चढाए । महन्त वैष्णवले अयोध्या दरबारको प्रतिनिधित्व गर्ने राम मन्दिरका महन्त राम गिरीसंग अंकमाल गरे । जसलाई यस क्षेत्रमा ‘सम्धी मिलन’ भनिन्छ ।

विवाह पञ्चमी महोत्सव अन्तर्गत भोली पाँचौं दिन मटकोर कार्यक्रम गरिनेछ । छैटौं दिन आइतवार सीता-राम स्वंयवर तथा विवाह समारोह तय गरिएको छ । त्यसको विहानपल्ट सोमबार ’राम कलेवा’ पश्चात विवाहपञ्चमी विधिवत रुपमा सम्पन्न हुन्छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds