दिपेश कुमार साह ।मधेस प्रदेश ।बैशाख ५गते
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा बारा सिम्रौनगढ नगरपालिका जनमत पार्टीको घर–घर र टोल टोलमा चुनावी बहस हुन थालेको छ विगतमा नेतृत्व लिन नसकेका तथा नयाँ सोच र उमंगका साथ युवा नेताहरुको सहभागिता राम्रो देखिन्छ । स्थानीय निर्वाचनमा जसरी पनि नेतृत्व लिन तयारीमा जुटेका छन् । यसैबिच सिम्रौनगढ नगरपालिका मा जनमत पार्टी को जित पक्का :मेयर आकांक्षी उम्मेदवार लक्ष्मीकान्त गुप्ता को पनि चर्चा उतिकै भैरहेको छ । उनी यो निर्वाचनमा जनमत पार्टीको बारा जिल्लाको उम्मेद्बारी भएका छन् ।
बौद्धिक, क्षमतावान र नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने यूवा नेता गुप्ताको बारा सिम्रौनगढ नगरपालिकाको गाउँमा समाज सेवी युवा नेताका रुपमा परिचित छन् । कुनै निर्वाचित जनप्रतिनीधी नभए पनि धेरै जनताको गाउँ समाजको गरिब बिपन लाई सहयोगको रूपमा बिदेशमा फसेका युवाहरूलाई अफ्नो देशमा ल्याएको आफनो गाउँमा गराउन सफल भएका छन् । आफुले पाएको जिम्मेवारी राम्रोसँग निर्वाह गरेर पार्टीको हितमा सदैव कटिबद्ध रहने गुप्ता नेता कार्यकर्ता माझ लोकप्रिय रहेका छन् । राजनीतिमा पहिचान बनाएका उनी प्रस्ट वक्ताका रूपमा चिनिन्छन । साथै उनी कुनै पदमा न रहेता पनि समाज सेवाको भावनाले स्वास्थ्य, शिक्षा तथा खेलकुदमा आफ्नो भूमिका निर्वाह गर्दै आएका छन् ।सो आज फोन मार्फत जनमत पार्टी बारा जिल्ला सह-सचीव र मेयर उम्मेदवार युवा नेता लक्ष्मीकान्त गुप्ता उर्फ एल के जि संग फोन सम्पर्क गर्दा सिम्रौनगढ नगरपालिका मा सोपालि जनमत पार्टी को जित पक्का हुन्ने जानकारि दिनु भयो र वहा ले एउटा आग्रह पनि गर्नु भो कि अब युवा को ईजत युवा को हाथ मा छ त्यसैले सम्पुर्ण युवा एक जुट भै २२ बर्षिय युवा लाई सिम्रौनगढ नगरपालिका को मेयर बनाई ईतिहासमै नाम कायम राख्न को लागि आग्रह गर्नु भयो
गाउँमा बलियो र धेरै जनमत भएको उम्मेदवारको रुपमा आफू नै रहेको गुप्ताको दाबि रहेको छ । गुप्ता अन्य नेता भन्दा नरम, शालिन स्वभावका रहेको र गाउँमा मिलनसार, सबैलाई मिलाएर राख्ने नेता भएका कारण उनलाई जनताले धेरै रुचाउने गरेका छन् ।