2024-04-28

Close

जनकपुरधाम । नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री उमाशंकर अरगरियाले निर्वाचन आयोगलाई निर्वाचन खर्चको विवरण बुझाइसकेको दावी गरेका छन् । निर्वाचन आयोगले खर्च विवरण सार्वजनिक नगर्नेहरूको सूचीमा उनको नाम पनि समावेश भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएका हुन् ।

उनले निर्वाचन आयोगले खर्च विवरण सार्वजनिक नगर्नेहरूको सूचिमा आफ्नो नाम पनि उल्लेख गरेकोप्रति आफ्नो गभ्मिर ध्यानाकर्षण भएको समेत बताएका छन् । स्टाटसमार्फत उनले २०७९ मंसिर २३ गते नै निर्वाचन आयोगमा बुझाएको र त्यस विवरणको दर्ता नंम्बर १५८ रहेको समेत जनाए ।

पूर्वमन्त्री अरगरियाले आफ्नो फेसबुकमा लेखेका छन्,‘निर्वाचन आयोगले खर्च विवरण सार्वजनिक नगर्नेहरूको सूचिमा मेरो पनि नाम उल्लेख गरेकोप्रति गभ्मिर ध्यानाकर्षण भएको छ । मैले निर्वाचन सम्पन्न भए लगत्तै मिति २०७९ मंसिर २३ गते निर्वाचन आयोगमा खर्च विवरण बुझाएको हुँ जसको दर्ता नम्बर १५८ रहेको छ । तसर्थ, उक्त सूचिबाट मेरो नाम हटाई यस बारेमा आम सञ्चारमाध्यमलाई सहि सूचना उपलब्ध गराईदिनुहुन र यसअघि प्रकाशित समाचारले भ्रम श्रृजना भएको हुदा उक्त समाचार सच्याइदिनुहुन पनि म आग्रह गर्दछु ।’

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds