2024-05-02

Close

जयनाथ यादव
सिरहा । लम्की स्किन संक्रमणबाट पशुलाई बचाउन नवराजपुर गाउँपालिकाले निःशुल्क उपचार सुरु गरेको छ । गाउँपालिकाले पशुका लागि भ्याक्सिन लगाउन शुरु गरेको हो ‌।

शुक्रवार वडा नम्बर ४ का रामसागर यादवको चार वटा गाईवस्तुलाई भ्याक्सिन लगाएर निःशुल्क उपचार अभियानको शुभारम्भ गरियो । अहिलेसम्म लगभग ५०० सय गाईवस्तुहरुमा लम्पी स्किन संक्रमण देखापरेको पशु शाखा प्रमुख देवनाथ यादव जानकारी दिए ।

छुटाछुट्टै वडाहरूका लागि पाँच वटा टिम बनाइएको ‘हाम्रो प्राविधिक टोली आवश्यक औषधिसहित किसानहरुको घरघरमै पुगेर संक्रमबाट बच्नलाई गाईवस्तुको भ्याक्सिन लगाउन थालेको छ,’ उनले भने, ‘यसबाट बच्न किसानले पनि संक्रमित पशुलाई छुट्टै राख्नुपर्छ। दिनहुँ गोठ सफा गर्नुपर्छ। आहार एकै ठाउँमा खुवाउन रोक्नुपर्छ। रोग संक्रमण रुक्छ ।’

गाउँ गाउँमा गाईवस्तुमा लम्की स्किन रोगको संक्रमण देखा पर्न थालेपछि तत्कालै ११ लाख ५० हजारको २०० सय भ्याल औषधि खरिद गरी भ्याक्सिन लगाउन शुरु गरिएको छ । ८ हजार भन्दा बढीको गाई गौरुलाई लुम्पीभ्याक नामक भ्याक्सिन लगाउने गाउँपालिकाको तयारी छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds