2024-09-10

Close

कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाको सभा हाल खडैचामा जनता संग माओबादी विशेष रूपान्तरण अभियान शनिवार नेकपा माओबादी केन्द्र विजयनगर कमिटीको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटीका अध्यक्ष नुरुल खांको अध्यक्षता, प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्रका केन्द्रीय सल्लाहकार एहसान अहमद खान, विशिष्ट अतिथिमा नेकपा माओबादी केन्द्र प्रदेश सचिवालय सदस्य सुकई थारु, नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, लुम्बिनी प्रदेश कमिटी सदस्य राजेन्द्र अचार्य नेकपा माओबादी केन्द्र जिल्ला संयोजक बिष्णु वेलवासे, सरिता अर्याल रहनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एहसान खानले माओबादीले सबैलाई अधिकार संविधानमा दिलायो तर पूर्ण कार्यनवयनमा ल्याउन नेकपा माओबादी पार्टीलाई दुई तिहाई बहुमतका साथ सरकारमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै सुकई थारुले एकजुट भएर नेकपा माओबादीमा लाग्नुपर्ने र माओबादी पार्टीमा नै सबैको हक अधिकार सुनिश्चित रहेको बताए ।

कार्यक्रममा बोल्दै आचार्यले तीन महिने जनता संग माओबादी बिशेष रूपान्तरण बारे प्रकाश पर्नुभयो ।

जिल्ला संयोजक बेल्वासेले संसारमा दुई वर्गका मानिस रहेको एउटा काम गरेर खाने अर्को अरूको मिहिनेतमा बाच्ने तर माओबादी पार्टी जहिले पनि श्रमको सम्मान गर्ने बताए ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष मौलाना मशहूदले नेकपा माओबादी पार्टी लाई अझ बलियो बनाइएन भने पाएको उपलब्धि समेत गुम्ने खतरा रहेको बताउदै भ्रष्टाचारको बिरूद्धमा लाग्ने पार्टी नेकपा माओबादी लाई सबै मिलेर सहयोग गर्नुपर्ने बताउदै माओबादी नेतृत्वको सरकारले गरि रहेको काम ऐतिहासिक हो र हामी सबै पार्टीका साथी हरूले यो ऐतिहासिक काम हरूलाई प्रत्येक नागरिक सम्म पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष नुरुल खानले विजनगर गाँउ कमिटीको बैठक द्वारा भएको निर्णय पार्टीको रूपान्तण अभियानमा सहयोग पुग्ने बताउदै विजयनगरमा नेकपा माओबादी पार्टी पहिलो स्थानमा ल्याउने तथा जनताको साथमा सधै रहने बताए ।

कार्यक्रममा नगर कमिटीका पदाधिकारी, पार्टी समर्थक, पार्टी सदस्य लगायतको सहभागिता रहेको थियो । सुदिप सारू कार्यक्रम संचालन गरेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर