2025-04-29

Close

रौतहट । लागुऔषध गाँजा र कटुवा पेस्तोलसहित रौतहट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौर नगरपालिका-४ टिकुलियाका २१ वर्षीय सावन गिरी रहेका छन् ।

उनलाई प्रहरीले रौतहट-४ स्थित रहेको झोलुङ्गे पुलको बाटो हुँदै लागुऔषध गाँजा १ सय ९ किलोग्राम र कटुवा पेस्तोलका साथै त्यसमा लाग्‍ने चार थान गोलीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी दिलिप घिमिरेले बताए ।

एसपी घिमिरेका अनुसार पक्राउ परेका उनी झोलुङ्गे पुलको बाटो हुदै लागु औषध गाँजा ओसारपोसार गरी भारततर्फ लैजादै गरेको अवस्थामा भेटिएको थियो ।

‘प्रहरी उनीहरुलाई पछयाउदै जादा सावन गिरीलाई पक्राउ गरेको हो, उनले भने, पक्राउ परेका गिरीको साथबाट ८ एमएम के एफ लेखिएको ३ थान गोलि र १ थान गोलि लोड रहेको कटुवा पेस्तोल फेला परेको हो ।

साथै अन्य फरार रहेका व्यक्तिहरुको खोजी कार्य भइरहेको रौतहट प्रहरीले जनाएको छ ।

पक्राउ परेका गिरीलाई लागु औषध तथा हातहतियार खरखजाना कसुर अन्र्तगत मुद्दामा म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको एसपी घिमिरेले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर