मधेशमा जनमतको तर्फबाट महासेठलेले गराए उम्मेदवारी दर्ता

जनकपुरधाम । मधेश प्रदेशमा जनमत पार्टीबाट एक जनाले राष्ट्रिय सभा सदस्यमा मनोनयन दर्ता गरेका छन् ।

प्रस्तावक मधेश प्रदेश सांसद शम्भु साह र प्रदेश सांसद संजय यादव समर्थक रहेर धनुषाका रामशंकर महासेठले अन्य समूहबाट उम्मेदवारी दर्ता गराएका छन् ।

बिज्ञापन

जनकपुरधामस्थित रहेको निर्वाचन आयोगमा पुगेर आज राष्ट्रिय सभा सदस्यको लागि महासेठले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन ।

उम्मेदवारी दर्ता गरापछी जनमत पार्टीका नेताकार्यकर्ताहरुले फुलको माला लगाउँदै उम्मेदवार महासेठलाई शुभकामना दिएको छ ।