2020-11-28

Close

बिपिन कुमार यादव ,जनकपुरधाम : धनुषाको हँसपुर नगरपालिका ६ सोनिगमा चोकमा माँ सन्तोषी मेला लागेको छ ।

शुक्रवार एक समारोहबीच मेलाको उद्घाटन प्रमुख अतिथि जसपा नेपालका केन्द्रीय सदस्य एवं धनुषा क्षेत्र नं.२ का संघीय सांसद उमाशंकर अरगरियाले माता सन्तोषी मन्दिरको प्रांगणमा पुजा पाठ गरि उद्घाटन गरेका थियोे ।उद्घाटनको क्रममा सांसद अरगरियाले सम्बोधन गरेर बताए कि माता सन्तोषीले सबैको कल्याण गरुन् । यो महामारीको अन्त्य गरी सम्पुर्ण नागरिक समाजको रक्षा गरुन भन्ने कामना गर्दछु ! मेला आईतवारसम्म चल्ने आयोजक समितिका समाजसेवी युवा राजेश यादवले जानकारी दिए ।


मेलामा साँस्कृतिक कार्यक्रम समेत रहेको छ । मेलाको उद्घाटन हुनुभन्दा अगाडी विशाल कलश यात्रा समेत निकालिएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2020 अपन जनकपुर