2024-04-28

Close

जनकपुरधाम । पछिल्लो समय धनुषाको सबैला नगरपालिकाको एकपछि अर्को लापरबाहीको विषयहरु बाहिरिने गरेको छ । कार्यालय समयमा कर्मचारी कुर्सीमै सुत्ने गरेको लगायतका विभिन्न लापरबाहीको विषयहरु बाहिरन थालेको हो ।
सञ्चार माध्यममा लापरबाहीका घटनाहरु एकपछि अर्को आउन थालेपछि मेयर कारीराम यादवले मातहतका कार्यालयहरुमा आफैँ अनुगमनमा निस्केका थिए । अनुगमनको क्रममा लापरबाही भेटेपछि स्वास्थ्य शाखालाई आवश्यक कारबाही गर्न निर्देशन दिएका थिए । तर पछिल्लो समय स्वास्थ्य शाखाकै कर्मचारीहरु कार्यालयमा भेटिन छाडेका छन् ।
केही दिन अगाडी नगरपालिकाको वडा नं. ५ मखनाहामा अवस्थित स्वास्थ्य चौकीका इन्चार्ज रामसिंह मण्डल तथा कार्यालय सहयोगी राजेश्वरी यादव कार्यालय समयमा कुर्सीमै सुतिरहेको भिडियो भाइरल भएको थियो ।
मण्डल यसअघि प्राथमिक स्वास्थ्य केन्द्र सबैलामा खटिदा पनि ड्युटीको समयमा सुतेको भिडियो भाइरल भएको थियो । उनी पटक–पटक त्यस्तो गरेपनि कुनै किसिमको कारबाही भएको पाइदैन । तर स्वास्थ्य शाखा प्रमुख संजय कुमार मण्डलले मखनाहा स्वास्थ्य चौकीका इन्चार्ज रामसिंह मण्डललाई नेपाल स्वास्थ्य सेवा, ऐन, २०५३ अनुसार कारबाहि प्रक्रिया अगाडी बढाइएको दाबी गरे । उनले मण्डललाई स्पष्टिकरण सोधेको जनाए ।
त्यस्तै केही दिन अगाडी सबैला नगरपालिका वडा नं १० खरिहानीमा अवस्थित स्वास्थ्य चौकीमा अनुगमनको क्रममा इन्चार्ज उमेश मण्डलले कार्यालय समयमा कार्यालयमा भेटिन छाडेपछि स्थानीयले कार्यालय समयमा कार्यालयमा बस्न दबाब दिएका थिए ।
मेयरको निर्देशन पश्चात् स्वास्थ्य शाखा प्रमुख संजय कुमार मण्डलले मातहतका कर्मचारीहरुलाई परिपत्र गरि कार्यालय समयको पालना गर्न तथा अनुशासनमा बसि सेवा प्रवाह गर्न निर्देशन दिएका थिए । तर कार्यालय समयको परिपालना गर्न निर्देशन दिने स्वास्थ्य शाखा प्रमुख संजय कुमार मण्डल तथा सहसंयोजक रामदुलार यादवले स्वयम् समयको तथा परिपत्रको अवज्ञा गरेको पाइएको छ । सोमबार बिहान ११ बजे कार्यालय पुग्दा उनीहरु दुबै जनाको कार्यकक्षमा ताला झुन्डिरहेको पाइयो । त्यही भवनको तल्लो तल्लामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा भेटेका अन्य कर्मचारीहरुले अरुलाई समयको पालना गर्न निर्देशन दिने हाकिमहरुकै त्यस्तो हालत रहेको गुनासो पोखे ।
स्वास्थ्य शाखाकै एक कर्मचारीका अनुसार संयोजक मण्डल र सहसंयोजक यादव कहिल्यै कार्यालयमा समयमा उपस्थित नहुने गरेपनि उनीहरुलाई कुनै किसिमको कारबाही नभएको बताए । कार्यालयमा अनुपस्थिति बारे बुझ्दा संयोजक मण्डलले आफू बिदामा रहेको बताए भने सहसंयोजक यादव ११ बजेपछि मात्रै कार्यालय पुगेका थिए । आफैँ कार्यालय समयको ख्याल नगर्ने सहसंयोजक यादवले कार्यालय समयको पालना नगरेको भन्दै नियम विपरित आफ्नो अधिकार भन्दा बाहिर गएर अरु कर्मचारीको हाजिरी काटेका थिए ।
स्वास्थ्य शाखाको उक्त परिपत्रलाई यसअघि पटक–पटक गल्ती गर्ने कर्मचारीलाई कारबाहीबाट बचाउने परिपत्रको रूपमा लिन्छन् त्यहाँका कर्मचारीहरुले । उनीहरू भन्छन्,–’कार्यालय समयको परिपालना गर्न कर्मचारीलाई परिपत्र गर्नै पर्दैन । यो सबै नाटक गरेर आफ्नो गोजीको मान्छेलाई बचाउने बहाना हो । नभए पटक–पटक गल्ती गरेको कुरा जसरी मिडियामा आएको थियो, त्यसरी नै के कारबाही भयो भन्ने कुरा मिडिया मार्फत सार्वजनिक गर्नुप¥यो । गुपचुप राख्नु हुदैन ।’
मेयरको निर्देशन पश्चात् स्वास्थ्य शाखाका सहसंयोजक रामदुलार यादवले विभिन्न स्वास्थ्य चौकीको अनुगमन गर्दै केही कर्मचारीको हाजिरी काटेका थिए । तर उनी आफैँ प्रायः जसो कार्यालयमा भेटिदैनन । र, कार्यालय आएपनि समयमा कार्यालय नआउने गरेको उनकै शाखाका कर्मचारीहरुले गुनासो गर्छन् ।
सहसंयोजक यादव बिहीबार १२ बजेपछि मात्रै कार्यालय पुगेको र त्यसपछि अनुगमनमा निस्केको स्वास्थ्य शाखाकै कर्मचारीहरु बताउँछन् । उनी आफू कार्यालयमा ढिलो आएको घटना ढाकछोप गर्न अनुगमनमा निस्केको बताइन्छ । त्यहाँका कर्मचारीहरु भन्छन्,–’कार्यालय समयमा नआउने र आफैँ कारबाही भोग्नुपर्ने अवस्था आएपछि कारबाहीबाट पन्छिन अनुगमनको बहाना गरेका छन् । उनलाई नै कारबाही हुनुपर्ने ठाउँमा उनी नियम विपरीत अर्काको हाजिरी काट्न हिडे ।’
स्वास्थ्यका कर्मचारीहरु भन्छन्,–’कार्यालय समयको सवालमा उनी आफैँ गैरजिम्मेवार तथा लापरबाही छन् । मेयर सा’बले यो कुरा बुझ्नुपर्ने हो । उनलाई हाजिरी काट्ने अधिकार छैन । र उनी नियम विपरीत स्वास्थ्य शाखामा बसेका छन् । यसअघिका मेयरलाई पनि रिझाएर उनी नियम विपरीत स्वास्थ्य शाखामा बसेर रजाइँ गरे । अहिले पनि सोही अवस्था छ । यो विषयमा मेयर साहेबको ध्यानाकर्षण हुनुपर्ने हो ।’

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds