2024-05-13

Close

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकाका जिन्सी शाखा प्रमुख तथा सचीव सुदिप कुमार भट्टराई निलम्बनमा परेका छन् । स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गराएसँगै भट्टराई निलम्बनमा परेका हुन् ।

आर्थिक वर्ष २०७७–७८ मा सार्वजनिक खरिद ऐन विपरित गुणस्तरहीन स्यानिटरी प्याड खरिद गरी १३ लाख ९३ हजार ६८७ रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित आयोगले विशेष अदालतमा आरोपपत्र दायर गराइएको हो ।

आयोगले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ (१) को (ङ) अनुसार सजायको माग गरेको छ। त्यस अनुसार तीन महिनादेखी तीन वर्षसम्म कैद र १३ लाख ९३ हजार ६८७ रुपैयाँ विगो बमोजिम जरिवानाको माग गरिएको छ ।

आर्थिक वर्ष २०७७–७८ मा शहीदनगर नगरपालिकाले शर्शत अनुदानबाट प्राप्त रकमबाट स्यानिटरी प्याड खरिदका लागि ०७७ चैत्त १९ मा रेजा टे«डिङ्ग प्राइभेट लिमिटेडसँग सम्झौता गरेको थियो । तर, सम्झौता अगावै चैत्त १३ मा भुक्तानी भएको पाइएको छ ।

शिलबन्दी दरभाउपत्र आह्वानको सूचनामा स्यानिटरी प्याडको आवश्यक संख्या नखुलेको तर सम्झौता अगावै रेजाले प्याड आपूर्ति गरेको आयोगले दायर गराएको आरोपपत्रमा उल्लेख गरिएको छ ।

शिलबन्दी दरभाउपत्र आह्वानको सुचना प्रकाशित भएको भनिएको ०७७ फागुन २२ गते को राष्ट्रिय दैनिक रेजा टुडेमा पत्रिकामा शहीदनगर नगरपालिकाको कुनै पनि सूचना प्रकाशित नभएको आयोगको दाबी छ । रेजा टुडे पत्रिकाको मिलोमतोमा झुटा विवरण दिएर १३ लाख ९३ हजार ६८७ रुपैयाँ भ्रष्टाचार गरेको आयोगले दायर गराएको आरोपपत्रमा उल्लेख छ ।

अख्तियारले जिन्सी शाखा प्रमुख भट्टराईसहित स्वास्थ्य संयोजक कपिलदेव अधिकारी, तत्कालीन मेयर उदय कुमार बरबरिया यादव, उपमेयर शिला कापर, प्रमुख प्रशासकीय अधिकृत शत्रुधन यादव, श्री माध्यमिक विद्यालय हठ्ठीपुरहरवाडाका प्रधानाध्यपक श्रीकृष्ण भिनवार, र सव इन्जिनीयर सरोज कुमार महतोविरुद्ध आरोपपत्र दायर गराएको छ ।

त्यस्तै तत्कालीन शहीदनगरका लेखापाल लोकबहादुर नेपाली र रेजा टे«डिङ्ग प्रालि धनुषाका प्रोपराइटर एव राष्ट्रि दैनिक रेजा टुडेका पत्रिकाका प्रकाशक अकवर मंसुरविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गराएको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds