2024-04-25

Close

सिरहा : सिरहामा विभिन्न मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका सात जना अभियुक्त पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका ७ जना र अन्य एकजना बुधबार पक्राउ परेको जानकारी दिए।

पक्राउ परेका सातै जनालाई जिल्ला अदालत सिरहामा बुझाइएको छ ।

पक्राउ पर्नेमा रामअशिस दास तत्मा, परशुराम यादव, कासिन्द्र यादव, अनिता देवी सहनी, राम कुमार मगर, साजन कुमार लामा, जगदिश नायक र रामबाबु यादव रहेका छन् ।

सिरहाको लक्ष्मीपुरपतारी गाँउपालिका वडा नं. ५ खरुकियाहीका ६० वर्षीय रामअशिस दास तत्मालाई कुटपिट तथा अंगभंग मुद्दामा २ बर्ष कैद र १ लाख जरिवाना तिराउने अदालतले फैसला सुनाएको थियो ।

लहान नगरपालिका वडा नं.२० भवानीपुर कलाबन्जरका ३४ वर्षीय परशुराम यादवलाई नकवजनी चोरी मुद्यामा १ दिन कैद र ४ लाख ९९ हजार ६५० तिराउने अदालतले फैसला सुनाएको थियो ।

सुखिपुर नगरपालिका वडा नं. ५ का ३८ वर्षीय कासिन्द्र यादवलाई लेनदेन मुद्यामा २ बर्ष कैद, सिरहा नगरपालिका वडा नं. १२ गम्हरिया टोलका ४५ वर्षीया अनिता देवी सहनीलाई लेनदेन विगो मुद्यामा ६ महिना कैद, गोलबजार नगरपालिका वडा नं.२ गुरुधामका ४१ वर्षीय राम कुमार मगरलाई सवारी ज्यान मुद्यामा १५ दिन कैद र २ हजार जरिवाना, ३५ वर्षीय साजन कुमार लामालाई ८ दिन कैद र २ हजार जरिवाना, औरही गाँउपालिका वडा नं.२ का ६७ वर्षीय जगदिश नायकलाई जग्गा खिचोला मुद्यामा १३७.५० जरिवाना र झै–झगडा तथा कुटपिट मुद्याका फरार रहेका बिष्णुपुर गाँउपालिका वडा नं. १ का ३५ वर्षीय रामबाबु यादवलाई पक्राउ गरिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds