2024-04-27

Close

जनकपुरधाम । सरकारले निर्णय गरेपछि बन्द भएको जग्गा जमिनको कित्ताकाट धनुषामा पनि खुलेको छ । केही जिल्लाहरुमा यसअघि नै खुल्ला गरिएपनि धनुषामा विहिबारदेखि कित्ताकाट खुलेको हो ।

भूउपयोग नियमावली २०७९ र भूउपयोग नियमावली (पहिलो संशोधन) २०८० बमोजिम विभिन्न क्षेत्रलाई मापदण्डभित्र राखी जग्गा जमिनको कित्ताकाट सुरु गरिएको हो ।

जसको लागि यदि कृषि खेती क्षेत्रको जग्गाको कित्ताकाटको लागि कम्तीमा ६७५ वर्गमिटर हुनुपर्ने नियम लागू हुनेछ । यस्तै, घर बनाउन वा व्यावसायिक क्षेत्रको लागि कित्ताकाट गर्नुपरेमा कम्तीमा १३० वर्गमिटरको क्षेत्रफल अनिवार्य हुनुपर्ने नियम लागू हुनेछ ।

यस्तै, स्थानीय तहले निर्धारण गर्ने गरी सडक बाटोमा पर्ने जग्गा जमिनको कित्ताकाट गर्न कम्तीमा ८० बर्गमिटर क्षेत्रफल अनिवार्य भए मात्र कित्ताकाट हुने जनाईएको छ ।

भूमि व्यवस्था कृषि तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको नापी विभाग अन्तर्गत पर्ने नापी कार्यालय धनुषा जनकपुरले विहिबार एक सूचना जारी गर्दै जग्गा जमिनको कित्ताकाट सुरु भएको जानकारी दिएको हो ।

यसका साथै, अंशवण्डा, अंश भर्पाई, मोही र जग्गाधनीबीच जग्गाको बाँडफाँड र वर्गिकरण नभएको क्षेत्रमा नियमावली बमोजिम कित्ताकाट हुने जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds