2025-03-27

Close

वीरगंज २७ श्रावण
पर्सा प्रहरीले प्रतिबन्धित लागूऔषध सहित ५ जनालाई पक्राउ गरेको छ।
प्रहरीले छुट्टाछुट्टै ठाऊबाट ठुलो मात्रामा प्रतिबन्धित लागूऔषध सहित ३ जना भारतीय र २ जना नेपाली नागरिक गरि ५ जनालाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेका प्रहरी चौकी ईनार्वाबाट बरिस्ठ नायब निरीक्षक संतोष केसीको कमान्डमा खटिएको प्रहरी टोलीले भारतबाट वीरगंज तर्फ ३ जना संकास्पदरुपमा हिडि आउदै गरेको अवस्थामा रोकी चेकजाँच गर्दा प्रतिबन्धित लागू औषध ४७९ एम्पुल, फेनारगन ४७९ र नुरफिन ४८० एम्पुल सहित ३ जनालाई पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिनुभयो।
त्यसैगरि पर्साको स्वर्णपुर वर्णमाला स्कुल नजिक सडकखण्डमा प्रहरी चौकी स्वर्णपुर र प्रहरी चौकी महादेव पर्टीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको २ जना शंकास्पद ब्यकीलाई रोकी चेकजाँच गर्दा ती व्यक्तिहरुले बोकेको कपडाको झोलाबाट प्रतिबन्धित लागू औषध NITRAVET-10 लेखिएको NITRAZEPAM TABLETS २० पत्तामा प्रति पत्ता १५ का दरले ३००(तिन सय) र १ पत्तामा १४ गरी जम्मा ३१४ पिस ट्याव्लेट फेला परेको र १६ बर्षीय किशोरले लगाएको लेदर जस्तो देखिने कालो ज्याकेटको दाहिने गोजीमा कालो प्लाष्टिकको पोकामा बेरिएको अवस्थामा लागू औषध गाँजा जस्तो देखिने अं. ५० ग्रांम सहित नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक शाहले बताउनुभयो ।
पक्राउ पर्नेमा भारत विहार जि.मोतिहारी ग्राम रामगढवा बस्ने वर्ष ४० को हेमताज आलम, वर्ष २० को अजित कुमार मलाह, ऐ.ऐ.बस्ने वर्ष २० को ईमतिहान आलम र पर्सा ठोरी गा.पा.वडा नं.३ बस्ने वर्ष १९ को सचिन सहितलाई लागूऔषध कसूरमा मुद्दा चलाएको पर्साका एसपी शाहले बताए।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर