
नरेशचन्द्र बरबरिया
सिरहा । आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन भएका आयुर्वेद सम्बद्ध कार्यक्रमहरूको प्रभावकारीता र आगामी योजनाबारे छलफल गर्न सिरहामा जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ।
प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सकालय सिरहाको आयोजनामा गरिएको कार्यक्रममा कार्यालय प्रमुख दिपेन्द्र कुमार यादवले आफ्नो मन्तव्य राख्दै जिल्लामा आयुर्वेद सेवाको पहुँच विस्तार, जनचेतना र सेवा गुणस्तरका विषयमा प्रकाश पारेका थिए । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरंतरता दिने र उपस्थित सम्पुर्ण कर्मचारी साथीहरुले यसमा साथ सहयोग गर्न यादवले आग्रह गरेका छन ।
उक्त कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयुर्वेद शाखाका प्रतिनिधि बचेलाल साह, त्यसैगरी विशिष्ट अतिथिका रूपमा स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादव लगायत स्वास्थ्यकर्मीहरुको सहभागी रहेको थियो ।
जिल्लामा सञ्चालित आयुर्वेद सेवा, उपलब्धि, चुनौती तथा आगामी रणनीतिबारे विस्तृत समीक्षा तथा छलफल भएको आयोजकले जनाएको छ भने कार्यक्रम संचालन प्रदिप कुमार मण्डले गरेका थिए ।




