2024-03-28

Close

सिमानाकामा हुने राज्शव चुहावट नियन्त्रणको लागि पहिलो फेजमा खटाएको सशस्त्र प्रहरीको मिलोमतोमा व्यापक रुपमा तस्करी भईरहेको समाचार प्राप्त भएको छ।
पर्साको सदरमुकाम वीरगंज भन्दा करिब १२ किलोमिटर भित्र रहेको अमरपर्टी नाका र प्रसौनी नाकामा रहेको सशस्त्र प्रहरी बल बिओपीद्वयहरुको मिलोमतोमा रात भरि व्यापक रुपमालत्ताकपडा,हाडयेवर,कुखुराको चल्ला,गाई,भैसी,जुत्ता चप्पल, सुर्ती,पिय पदार्थ,कुखुराको मासु र रेडबुल लगाएतको तस्करी भईरहेको स्रोतले जनाएको छ।
समाचारको स्रोतको अनुसार तस्करको एक समुहले रातीको समयमा ५ वटा मोटरसाइकलमा लत्ताकपडा लोड गरि बहुआर्वा बिओपीको छेउमा रहेको नहरको बाटो प्रयोग गरि बिश्रामपुर गाउँमा ल्याई जम्मा गरि पोखरीया बजार र डकैला बहुवरी ,र जितपुर बजार सम्म पुर्‍याउने गरेका छन्।
त्यसै गरि ५ देखी ७ वटा मोटरसाइकलमा कुखुराको चल्ला लोड गरि सो नाकाहरुवाट तस्करहरुले बिहानको समयमा भित्राउने गरेको छ भन्ने १ गोटा भैसीको १५०० रुपैयाको दरले बिओपी प्रमुहरुलाई पाउनै छन् भन्ने डियुटीमा रहेको सिपाहीहरुलाई ५०० रुपैया दिने गरेको नाम नछाप्रने सर्तमा एक व्यापारीले बताएका छन्।
छिमेकी मुलुक भारतको बिहार राज्यको भेलाही बजारवाट तस्करहरुले मालसामाहरु ल्याई प्रसौनी नाकामा रहेका बिओपी र अमरपर्टी बिओपीद्वय बिओपी प्रमुखहरुलाई प्रलोभनमा पारी सेटिङ्ग मिलाई ठुलो मात्रामा तस्करी गर्दे आएका छन्।
सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले तस्करीमा कडाई गर्ने निर्देशन दिएपनि सशस्त्र प्रहरी बल बिओपी प्रसौनी प्रमुख एवम सशस्त्र प्रहरी निरीक्षक संदीप आर्यल , सशस्त्र प्रहरी बल बिओपी अमरपर्टीका प्रमुख एवम सशस्त्र प्रहरी नायव निरीक्षक बिदेशी मंगर र सशस्त्र प्रहरी बेश क्यामप बहुारवा भठ्ठाका प्रमुख अंगत हरिर्जनले तस्करहरु संग मिली रातीको समयमा स्वयम आफै डियुटिमा खटि तस्करीको सामानहरु कटाउने गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
यस्ता गतिविधि तर्फ सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक थपिलियाको ध्यान जान यतिनै आवशयक देखिएको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds