2024-04-27

Close

जनकपुरधाम । सीमा तस्करीलाई नियमन गर्ने निकायकै प्रहरीले तस्कारको गोदामसम्म अवैद्य समान पुरयाउने गरेको भन्दा पत्यार नलाग्ला तर धनुषाका एक प्रहरी हबल्दारले तस्करको घरसम्म समान पुरयाउने जिम्मा उठाएका छन् ।

धनुषाको धनौजी गाउँपालिकाको प्रहरी चौकी भडरियाका बरिष्ठ प्रहरी हबल्दार सँतोष पाण्डेले धनुषाका नामुद तस्कर मानिएका सुरेश साहलाई तारापट्टिसम्म गाडी स्कटीँग गरी समान पुरयाउन मदत गर्ने गरेका छन् ।

केही महिना अगाडी मात्र भडरिया चौकीमा डयुटी लिएका प्रहरी बरिष्ठ हबल्दार घुमुवाको काम समेत गर्दै आएका छन् । पाण्डेले सुरेश साहसँग मिलेर अन्य तस्करहरुसहित मध्यम व्यापारीहरुको दाल, चिनी, तुथपेष्ट, कुरकुर, चामल, आलु, प्याज, हार्डवेयरका समानहरु समेत पास गराउने गरेका छन् ।

देशमा आर्थिक सँकट चलिरहेको बेला भारतबाट ल्याउने लाखौँको समान धनौजी नाका, बैदेही नाकाबाट प्रहरी बरिष्ठ हबल्दार पाण्डेले बिडा उठाएका छन् । तस्कर सुरेश साहको लाखौँको समान पाण्डेले भित्र धनुषासम्म स्कटिँग गरी छाडने गरेको नाम नखोल्ने शर्तमा एक स्थानीयले बताए । सुरेश साह दैनिक दुई पटकसम्म पिकअपमा समान ओसार्ने गरेको खुलाईएको छ ।

नेपालको सीमासँगै रहेको भारतको बिहार राज्यमा रक्सी प्रतिबन्ध भएको बेला सुरेश साहले पाण्डेको मार्फतबाट नै बिहारमा ब्रिक्स, उमँग, कस्तुरी ब्राण्डका रक्सी पुरयाउने गरेका छन् । खुल्ला रक्सीको जर्किन समेत पाण्डेले एक बिहारी एजेन्टलाई पुरयाउने गरेका छन् । रक्सी पक्राउ गरिएको भनेर स्थानीयलाई झाँसा दिएर सोही रक्सी भारत पठाउन घुमुवा पाण्डेले तस्करकै भूमिका निर्वाह गर्दै आएका छन् ।

बिहारको खौना नाकाबाट सुरेश साहले बैदेही औरही हुँदै लत्ताकपडा र इलेक्ट्रोनिक्स सामानहरु र डिजल र पेट्रोलको व्यापक तस्करी गर्ने गरेको छ । यताबाट साहले रक्सी, स्याउलगायतका सरसमान भारत पठाउने गरिएको छ र उनलाई प्रहरी बरिष्ठ हबल्दार रहेका कथित घुमुवा सँतोष पाण्डेले सहयोग गर्ने गरेका छन् ।

धनुषाको मिथिलाबिहारी नगरपालिकाको तारापट्टि बजारसम्म जाने स्याउ भारतबाट तस्करी गरी सुरेश साह ल्याउने गरेका छन् । भारतको स्याउ तारापट्टि, धनुषाधाम लगायत जनकपुरको समेत विभिन्न पसलमा तस्कर सुरेश साहले समान पठाउने गरेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds