2024-03-28

Close

काठमाडौं : नेकपा एमालेको १० औं महाधिवेशनमा युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने हुनु भएको छ । पार्टीमा विगतमा आफूले निर्वाह गरेको भूमिका र देशभरीका कार्यकर्ताको मनोभावनाको सम्मान गर्दै सचिव पदमा आफ्नो दावी रहेको बताउनुभएको हो ।

‘महाधिवेशनमा सचिव पदमा मेरो उम्मेद्वारी रहन्छ,’ बस्नेतले भन्नुभयो ‘पार्टी युवा पुस्ताको भूमिका बढाउन, अध्यक्ष केपी शर्मा ओली र एमालेको रक्षा कवचको रुपमा युवाहरुलाई परिचालन गर्नका लागि मैले सचिव पदमा उम्मेद्वारी दिनु उपयुक्त ठानेको छु ।’

बस्नेतले अहिले एमालेको नाममा सबैले गौरव गर्नुमा नेकपा कालमा आफूले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ । ‘मैले सन्ध्या तिवारीहरुलाई अघि सारेर नेकपा एमाले दर्ता नगरेको भए आज हामीले एमालेको नाममा राजनीति गर्न पाउथ्र्यौं कि पाउदैन थियौं ?’ बस्नेतको प्रश्न छ ‘त्यस बेलाको मेरो त्यो भूमिकालाई मै प्रति आगो झोस्ने नेताहरुले अहिले एमालेको नाममा राजनीति गर्न पाउनु भएको छ । यो खुशीको कुरा हो ।’

पुस ५ पछाडि देशैभरी केपी ओलीका विरुद्ध अनेक अफवाह फैलाउँदा त्यसलाई चिर्न आफू देश दौडाहामा निस्किएको बस्नेतको भनाइ छ । ‘संसद विघटन गर्ने तत्कालिन प्रधानमन्त्री ओलीको पक्षमा कसले सार्वजनिक मत जाहेर गर्नुभयो । त्यो स्पष्टै छ,’ बस्नेतले भन्नुभयो, ‘मैले युवा संघ परिचालन गरेर देशैभरी ओलीको कदमको पक्षमा माहोल बनाँए । एमालेको घटेको मनोबललाई उचो बनाए । ’

युवा संघको अध्यक्ष हुँदा होस वा एमालेको केन्द्रीय सदस्य हुँदा आफूले एमालेका पक्षमा बनाएको माहोल र भविष्यमा एमालेमा उर्जावान युवाहरुको प्रवेशका लागि रोल मोडल नेतृत्व आवश्यक परेकोले आफूले सचिव पदमा उम्मेद्वारी दिने बस्नेतले बताउनुभएको छ ।

सचिव पदका लागि बस्नेतका १० दाबी
१. जनयुद्धका नाममा माओवादीले एमालेका ३सय कार्यकर्ताको हत्या गरेको र पछि वाइसिएलका नाममा आतंक मच्चाएको बेला यूथ फोर्स बनाएर देशैभरी युवा परिचालन गरेर कार्यकर्ताको संरक्षण गरेको ।
२. माधव नेपालको असक्षम नेतृत्वले एमाले तेस्रो दलमा खुम्चिएका बेला देशैभरी युवा अभियान चलाएर एमाले कार्यकर्ताको मनोवल उकास्ने काम गरेको।
३. माधव नेपाल र झलनाथ खनालको नेतृत्वले पार्टीलाई विघटनको दिशातिर लगेको बेला केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री बनाएर एमालेलाई पहिलो पार्टी बनाउनु पर्छ भन्ने अभियानको नेतृत्व गरेको ।
४. पार्टी भित्र र बाहिर केपी ओलीलाई संस्थागत गुट बनाएर असफल बनाउन खोज्दा रक्षा कवचको रुपमा काम गरेको । सो गरे बापत अनेक झुट आरोप व्योहोरेर अपमानित हुनु परेको ।
५. संविधान निर्माणको चरणमा सुशील कोइराला प्रधानमन्त्री हुँदा १३ महिना उद्योग मन्त्तालय सम्हालेर जीर्ण उद्योग क्षेत्रमा नयाँ उत्साह ल्याएको ।

६. एमालेको संगठन कमजोर भएको भक्तपुर जिल्लामा २०७४को संघीय निर्वाचनमा काँग्रेसलाई ३६ हजार मत ल्याएर दोब्बर मतले पराजित गरेको । पटक पटक मन्त्री बनाउने तत्कालिन प्रधानमन्त्री के पी शर्मा ओलीको इच्छा कतिपय साथीहरुले पुरा गर्न नदिए पनि सदन भित्र सरकारको पक्षमा सशक्त भुमीका निर्वाह गरेको ।

७. भक्तपुरलाई विकास निर्माणको नमुना जिल्लाको रुपमा प्रष्तुत गरेको

८. राजनीतिको सम्भावित परिदृष्यलाई बुझेर नेकपा कालमा ‘नेकपा एमाले’ नामको दल दर्ता गरेर एमाले ब्राण्ड बचाएको ।

९. पुष ५ पछाडि सत्ता र शक्ति भित्र रहेका नेताहरु मौन बसेका बेला देशैभर युवा परिचलान गरेर अध्यक्ष केपी शर्मा ओलीको कदम सही भएको माहोल सृजना गरेको ।

१०. पार्टी हितका लागि अध्यक्ष केपी शर्मा ओलीको निर्देशन जस्तोसुकै जोखिम मोलेर पनि पुरा गरेको छु ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds