2024-05-03

Close

वीरगंज७आईतबार
मुलुकको मुख्य प्रवेशद्वार बीरगंज लगायत पर्साका विभिन्न ठाउँमा सवारी व्यवस्थापनका लागि खटिने ट्राफिक प्रहरीले नै अवैध असुली धन्दा चलाइरहेका छन् । त्रिभुवन राजपथ र हुलाकी सडक खण्ड अन्तर्गत पर्ने वीरगंजका ड्राईपोर्ट, परवानीपुर, पावरहाउस, गण्डक लगायतका सडकमा चल्ने भारतीय सवारीसाधनसँग ट्राफिक प्रहरी कार्यालय पर्सा मातहतबाट खटिने प्रहरीले चेकजाँचका नाममा अवैध रकम असुल्ने गरेको गुनासो छ । वीरगञ्ज भन्सार कार्यालय, आईसीपी र सुख्खा बन्दरगाहबाट बिभिन्न उद्योगका लागि आयात हुने कच्चा पदार्थ ढुवानी गर्ने सवारीसाधनहरुबाट ट्राफिक प्रहरीहरुले अवैध असुली गर्दै आएका छन् ।
ग्रामीण एरियाबाट धान लोड भई आउने ट्याक्टरका चालकहरुसँग प्रतिगाडी १ सयदेखि २ सय रुपैयाँसम्म घुस लिने गरिएको छ । ट्याक्टरमा धान लोड भएर आउने ट्याक्टरसँग पोखरिया, तिलावे पुल र बहुवरी चोकमा रोकेर अनावश्यक झन्झट दिई घुस असुली गर्ने गरिएको चालकहरुको गुनासो छ । यतिमात्र हैन, भारतीय नम्बर प्लेटका निजी सवारी कार, पिकअप, मोटरसाइकल चालकबाट लाइसेन्स, ब्लु बुक लगायतका कगजात माग्ने र घुस दिए कर नतिरेको वा कागजपत्र नभए पनि रसिद नै नकाटी भरेर छोड्ने गरेका छन् ।
सरकारी तलब खाएर, कानुनको कार्यान्वयन गराउन प्रतिबद्ध रहेको ट्राफिक प्रहरीले पर्सामा सवारी चालकहरुलाई आतंकित पारेको छ । मासिक र दैनिक रुपमा असुलीको नियम बनाएर ट्राफिक प्रहरीहरुले अबैध रकम उठाइरहेको सवारी चालकहरु बताउँछन् ।
सवारीसाधनका चालकहरु तथा एजेन्टमार्फत् ड्राईपोर्टस्थित बहुवरी ट्राफिकका असई रामसहाय यादव र परवानीपुर चौकस्थित ट्राफिकका असई रामभगत यादवको कमाण्डमा खटिने प्रहरीले अवैध असुली गरिरहेको स्रोतको दावी छ । प्रत्येक २ महिनामा परवानीपुर र बहुवरी युनिटका ट्राफिक प्रहरी परिवर्तन हुने गरेका छन् ।
दिनमा हजारौं हजार सवारी साधन ओहोर दोहोर गर्ने उक्त ठाँउहरुमा सवारीचालकहरुले ट्राफिकको यस्तै नियति व्यहोर्नु परिरहेको पर्साका गाउँबाट धान ढुवानी गर्ने एक पीडित बताउँछन् । ड्राइपोर्ट बहुअरी चोक सडक भएर आउजाउ गर्ने सवारी साधनका चालकसँग ट्राफिक व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीहरुले अनेक बहानामा रकम असुल्ने र रकम नदिए दुःख दिने गर्दै आएको उनीहरुले गुनासो गरेका छन् ।
त्यसैले पनि अहिले मालवाहक ट्रक, ट्यांकर तथा ट्रिपर व्यवसायीहरू ट्राफिकसँग आजित बन्न थालेका छन् । भारतबाट आउने मालवाहक ट्रकहरुमध्ये अधिकांश सवारी साधन ओभरलोड नै आउने गर्छन् र ट्राफिकसँग समन्वय गरी एजेन्टहरुले मालवाहक सवारीका साहुसँग ठेक्का मिलाई पास गराउँदै आएका छन् ।
मालवाहक सवारीसाधनको ‘भारवहन नियम सम्बन्धी निर्देशिका २०७४’ मा तोकिएको क्षमताभन्दा बढी भार बोकेको पाइएमा त्यस्ता मालवाहक साधनलाई जरीवाना गरी बढी भएको मालसामान झार्नुपर्ने व्यवस्था छ । सोही कानूनमा टेकेर जाँचमा खटिएका ट्राफिक प्रहरीले ट्रक चालकसँग अनधिकृत रूपमा रकम असुल्ने गरेका छन् । क्षमताभन्दा बढी भार बोक्ने साधनलाई ट्राफिक प्रहरीले एक हजार पाँच सय रुपैयाँ जरिवाना तिराउन सक्छ । जरिवाना गरेर बढी भार मिलान गरेपछि मात्र जान दिनुपर्नेमा अनधिकृत रकम लिएर छाड्ने गरेको भेटिएको छ ।
बीरगञ्ज भन्सार कार्यालय आईसीपी तथा सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट सामान लिएर छुटेका बिशेष गरी भारतीय मालवाहक ट्रक तथा लहरीहरुसँग ट्राफिक प्रहरीले सामान र भार हेरेर एक सय देखि १५ सय रुपैयाँसम्म असुल्ने गरेको प्रमाण भेटिएको छ ।
त्यसैगरी ट्राफिक प्रहरीसँग समन्वय गरी सवारी छुटाउने दलालहरुले पनि प्रतिगाडी १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्म लिई ट्राफिक र दलालहरुले भागबण्डा मिलाउने गरेको पनि खुलेको छ । दलालहरुबाट समन्वय गरेका गाडीहरुलाई भने ट्राफिक प्रहरीले बिना चेक जाँच काउन्ट गरेर पठाउने गरेको चोकमा बस्ने जो कोहीले पनि देख्न सक्छ । तर, एजेन्ट दलालहरुको चपेटामा नपरेका र आफूखुसी आउने गाडीका चालकहरुलाई भने ट्राफिक प्रहरीले दुख दिने गरेका एक चालकले नाम नखोल्ने सर्तमा बताए । अहिले ट्राफिक प्रहरीको चेकजाँचको नाममा पैसा असुल्ने रणनीतिका कारण ड्राइपोर्ट बहुअरी, पावरहाउस चोक, गण्डक र परवानीपुर सडकखण्डमा सवारी जामसमेत हुने गरेको छ ।
बहुवरी चौकमा ट्राफिक प्रहरीले अबैध रकम उठाएको फोटो, भिडियो तथा चोकमा बस्ने स्थानीयले नजर राख्न थालेपछि उनीहरुले पहिला उठाउने ठाउँबाट १० कठा पश्चिम एकान्त ठाउमा सारेर असुली गरिरहेका छन् ।
ट्राफिक प्रहरी कार्यालय पर्सा मातहत रहेको ड्राईपोर्ट बहुवरी, परवानीपुर, गण्डक, पोखरिया लगायतका युनिट इन्चार्जहरूले अबैध असुली गरेको रकमबाट कमाई हुने ठाउँ अनुसार माथि हिस्सा बुझाउने गरेका छन्।
उक्त चौकहरुबाट उठेको रकमहरु जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख र मधेश प्रदेस कार्यालयको प्रमुख एसपी समेतलाई महिनवारी बुझाउनु छ भन्दै व्यापारीहरु सुत ईन्चार्जाहरुले पैसा उठाउदै आएको नाम नछाप्रने सर्तामा एक व्यापरीले बताएका छन।
पर्सामा यस्ता गतिविधी भईरहदा पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख एवम मधेश प्रदेश ट्राफिक कार्यालय प्रमुख मौन बस्नु शंका को बिषय बनेको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds