2024-05-03

Close

वीरगंज०८ सोमबार
सिमानाकामा हुने चोरी तस्करी र आपराधिक गतिविधि नियन्त्रण गर्नेको लागि खटाएको सशस्त्र प्रहरीको मिलोमतोमा वीरगंज भन्सारबाट व्यापक रुपमा तस्करी शुरु।
चाडपर्बको बेलामा वीरगंज भन्सारको पछाडिको ईनार्वा गाऊको बाटो प्रयोग गरि तस्करहरुले रातभरी लत्ताकपडा, हाडयेवर,माछा, जुत्ता चप्पल,छोकडा, काजु र ठुलो मात्रामा खुशी लगाएतको सामानहरुको तस्करी भईरहेको समाचार प्राप्त भएको छ।
वीरगंजको भन्सार र ईनार्वा गाऊको नाकाबाट एक समुहले १० वटा मोटरसाइकलमा मछलि लोड गरि ईनार्वा गाऊमा भारतबाट नेपाल ल्याई एक गोदाममा स्टोक गरि काठमाडौ सम्म पुर्‍याउने गरेका छन् त्यसैगरि लत्ताकपडा र जुत्ता चप्पलहरु टेम्पो र अटोरिक्सामा लोड गरि मुख्य भन्सारको बाटो प्रयोग गरि वीरगंका विभिन्न ट्रान्सपोर्टहरुमा तस्करहरुले पुर्याउने गरेको नाम नछाप्रने सर्तमा एक तस्करले बताएका छन् भन्ने ५ जानको समुहले काजु, ईलाची र लत्ताकपडाको रातभरी तस्करी सशस्त्र प्रहरी भन्सार र प्रहरी चौकी ईनार्वा गाऊको संरक्षणमा हुँदै आएको स्थानियहरुले यस अनलाईनलाई बताएको छ।
सशस्त्र प्रहरी बल हेडक्वाटरले सिमानाकामा हुने चोरी तस्करी नियन्त्रणको लागि सशस्त्र प्रहरी बल बिओपी वीरगंजलाई गुल्म स्थापना गरि सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी ) को दरबन्दी कायम गरेको छ। सशस्त्र प्रहरीका डिएसपी बिओपीमा आएपनि विगतको दिनमा बन्द रहेको तस्करी अहिले व्यापक रुपमा शुरु भएको छ।उक्त गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक देबिन्द्र सिंह हुन भन्ने ईनार्वा चौकीको प्रहरी निरिक्षक मुनिलाल राउत हुन ।उहाँहरु आएको दिन देखिनै व्यापकरुपमा तस्करीको लाईन सुचारु भएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहले शान्ति सुरक्षा कायम राख्दै सिमानाका हुने तस्करीमा कडाई गरेपनि पहिलो फेजमा खटिएको सशस्त्र प्रहरीको संरक्षणमा तस्करी भई भित्राएको सामानहरु नेपाल प्रहरीले पक्राउ गरि तस्करीको सामानहरु वीरगंज भन्सार कार्यालयमा बुझाउदै आएपनि तस्करीमा केही कमि नआएको जनमानसको भनाई छ।
यश बिषयमा बुझनको लगाई प्रहरी चौकी ईनार्वाका प्रमुख एवम प्रहरी सहायक निरीक्षक मुनिलाल राउत संग फोन सम्पर्क गर्दा सिमानाका हो चोर बाटो भएर सामानहरु आईहाल्छनि भन्दै फोन काटनु भयो।
यस्तो अवैध गतिविधि तर्फ माथिल्लो वा सम्बन्धित निकायको ध्यान जान यति आवशयक देखिएको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds