2024-04-29

Close

जनकपुरधाम । बारा जिल्लाको सिमरा उपमहानगरपालिकाको शिक्षा शाखाले एक शिक्षकमाथि अत्याचार गरेको बताईएको छ ।

बाराको सिमरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा २०३९ साल देखी करिब ४१ बर्ष प्रावि शिक्षकको रूपमा कार्यरत शिक्षक ब्रहमदेव पासवानमाथि उपमहानगरपालिकाको शिक्षा शाखाले अवकाशको बेला अत्याचार गरेको आरोप छ ।
अबको २ बर्ष पछि उमेरहदका कारण अनिवार्य अवकाश हुने बेलामा शिक्षक पासवानलाई उनी कार्यरत विद्यालयबाट अर्कै दुर दराजमा सरुवा गरिदिएपछि बिच्चली भएको छ ।

आफ्नो जिवनको ४१ वर्ष बिताएको र सेवा गरेको ठाउँबाट एकाएक जीतपुरसिमरा उपमहानगरपालिकाले हरपुर सरूवा गरिदिएपछि आर्थिक रूपले कमजोर शिक्षक पासवानले स्थानीय सरकार अत्याचार गरिदिएको महसुस गरेको सुनाए ।

“कुनै सवारी साधन नभएका, उहाँका लागी हरपुर अपायक ठाउँ थियो तर उपमहानगरले सरूवाको पत्र बिद्यालयमा पठाएपछि उहा कार्यरत बिद्यालयले उहाँ संग कुनै सोधखोज नगरी रमाना पत्र थमायो, आफुले ४१ बर्ष बिताएको ठाउँ, अबको २ वर्ष बाकि जागिर जिवन, आर्थिक रूपले कमजोर र कुनै राजनीतिक पहुच न भएकोले उहाँ उपमहानगरले सरूवा गरेको बिधालय पुग्नु भयो । तर त्यहा बिधालयले उहाँलाई हाजिर गर्न दिएन । यस बिषयमा उहाँ स्वयम उपमहानगरपालिकामा निबेदन दिनुभयो तर उपमहानगरले सोधपुछ को परैको कुरा कुनै सुनुवाइ समेत गरेन ।”– एक स्थानीय बुद्धिजीवीले गुनासो पोखे । बिगत एक महिनादेखि शिक्षक पासवान हाजिर गर्ने ठाउँ पाएका छैनन् । आफ्नो बिद्यालयले रमाना दिएपनि उनको ठाउँमा अर्कोलाई नियुक्त गरिदिएपछि झन बित्यास भएको हो ।

जहाँ पठाएको त्यहाँ हाजिर गर्न नदिएपछि दशैको मुखमा तलब आउने नआउने कुनै ठेगान छैन । एक छोरा गुमाईसकेका उनी शारीरिक रूपमा केहि कमजोर छन् ।

उनले आज सम्म कुनै दल, न त कुनै नेता, न कुनै व्यक्ति कसैको झोला नबोकेका एक सिधासोझा शिक्षकलाई उपमहानगरले अपमान गरेको स्थानीयहरुको भनाई छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds