2024-04-20

Close

काठमाठौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका दुवै आईजीपीले संगठनभित्र सुधारको काम थालेका छन् । एकै दिन नियुक्त भएका उनीहरुले विभिन्न टिमहरु बनाएर सुधार र नयाँ योजना अघि बढाएका छन् ।

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले बजेटको मितव्ययी खर्चका लागि ८ वटा अनुगमन टोली खटाएका छन् । खासगरी निर्वाचनमा प्रचलित आर्थिक नियमावलीअनुसार खर्च गरे-नगरेको अनुगमनका लागि उनले टोली खटाएका हुन् । साथै बढुवामा विगतमा जस्तो ब्याच नै उछिन्ने प्रवृत्ति रोक्ने प्रतिवद्धता समेत उनले जनाएका छन् ।

प्रहरीमा सरुवा-बढुवाका लागि नेताको घर धाउनु नपर्ने प्रणाली विकास गरिने उनको प्रतिवद्धता छ । महानिरीक्षक भएलगत्तै चुनावी सुरक्षामा केन्द्रीत भएका उनी हाल सुधारको काममा अघि बढेका छन् ।

गत बुधबार पत्रकार सम्मेलनको आयोजना गरी उनले अपराध अनुसन्धानको प्रणालीमा पनि सुधार गरिने बताएका छन् ।

सशस्त्र प्रहरीमा पनि सुधारको काम

सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले पनि काम थालिसकेका छन् । उनले कर्मचारीको हितमा १० बुँदे निर्णय गराई त्यसको कार्यान्वायन थालेका छन् ।

जसमा बिएमआई कार्यान्वायन गर्नेदेखि ब्यारेकहरुमा कर्मचारीका आफन्त बस्ने ठाउँ मिलाउनेसम्मका प्रावधान छन् । फ्रेन्च भाष बोलिने शान्ति मिसनलाई प्राथमिकतामा राखी कर्मचारीलाई फ्रेन्च पठाउन पनि थालेका छन् ।

त्यस्तै, घुमुवा राखेर अवैध गतिविधिमा लगाउने प्रवृत्ती रोक्न देशभरीका घुमुवालाई तानेर नियमित डिउटीमा खटाएका छन् ।

सूचना संकलनकै लागि मात्र प्रयोग गर्न इन्टेलिजेन्स तालिम गरकोलाई मात्र खटाउने गरी उनले संस्थागत सुधारको थालनी गरेका हुन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds