2024-04-28

Close

जनकपुरधाम । धनुषाको युवा नाट्यकला परिषद् (युनाप) को अध्यक्षमा अनिल मिश्र चयन भएका छन् । युनापको शनिबार सम्पन्न ३९ औं साधारणसभाले मिश्रलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

युनापको ३९ औं साधारणसभाले नेपाल पत्रकार महासंघ धनुषाका पुर्वअध्यक्ष र कान्तिपुर टेलिभिजनका मधेश प्रदेश प्रमुख समेत रहेका मिश्रको अध्यक्षतामा नव कार्यसमिति गठन गरेको हो ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा सुजित मिश्र, सचिवमा नवलकिशोर मिश्र, सहसचिवमा बृषेश मिश्र र कोषाध्यक्षमा दिलिप साहलाई चयन गरिएको छ ।
संस्थाको गरिमालाई अझ उचाइमा पु¥याउन सक्ने आशा एवं भरोसाका साथ नेतृत्वको जिम्मेवारी मिश्रलाई सुम्पेको युनापका संस्थापक एवं पूर्वअध्यक्ष विनोदानन्द मिश्रले बताए ।
युनापको सात सदस्यीय सल्लाहकार समितिका साथै निर्देशकमा रामरेखा पण्डितलाई यथावत राखिएको छ । विरेन्द्र मिश्रको अध्यक्षतामा आयोजित ३९औं साधारणसभाको प्रमुख अतिथि अधिवक्ता विमलकुमार मिश्र र विशिष्ट अतिथि अनिल मिश्र रहेका थिए ।
मैथिली कला साहित्यलाई संरक्षण सम्वद्र्धन एवं प्रवद्र्धन गर्ने उद्देश्यले वि.स. २०४१ सालमा स्थापना भएको थियो । युनापलाई मैथिली भाषा, साहित्य, नाट्यकलाप्रति समर्पित अग्रणी संस्थाको रुपमा परिचित छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds