2024-05-03

Close

काठमाडौं । तस्करीको लाइन खुलाएको प्रमाण भेटिएपछि रुपन्देही र सिरहाका एसपीको पद धरापमा परेको छ । प्रहरी प्रधान कार्यालयले सिरहाका एसपी टेकुनन्द लिम्बु र रुपन्देहीका भरत विकलाई हटाउने तयारी गरेको हो । प्रहरी प्रधान कार्यालयले उनीहरुलाई हटाउन गृह मन्त्रालयसँग सहमति मागिसकेको स्रोत बताउँछ ।

आन्तरिक छानबिनमा दुवै एसपीले सीमा नाकाबाट तस्करीमा संलग्न गिरोहलाई साथ दिएको खुलेको छ । सचेत गराउँदा पनि नसुध्रिएपछि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर उनीहरुलाई हटाउने तयारीमा छन् । कुँवर हाल बेलायत भ्रमणमा छन् । स्वदेश फर्किएलगत्तै कमजोर कार्यसम्पादन भएका जिल्ला इन्चार्जहरुलाई हटाउन लागिएको छ ।

सिरहाका एसपी लिम्बुसँग फिल्डमा काम गरेको अनुभव छैन । उनी लामो समय बिशेष ब्यूरोमा बसे । जहाँ उनको हिमचिम बढी विदेशीसँग हुन्थ्यो । अवकाश हुने समय नजिकिएपछि उनी यतीबेला कमाउनतर्फ केन्द्रीत भएका छन् । यसअघि नै उनको सरुवा हुन लागेपनि एआइजी टेकप्रसाद राईले त्यतीबेला रोकेको स्रोत बताउँछ ।
त्यस्तै, रुपन्देहीका एसपी विकले पनि घुुमवामार्फत तस्करीलाई सघाइएको पाइएको छ । दैनिक पुलिसिङमा पनि धेरै गुनासो र उजुरी परेपछि उनलाई पनि हटाउन लागिएको छ । त्यस्तै, धनुषाका एसपी विश्वराज खड्का, झापाका दुर्गा रेग्मी लगायत अन्य केही जिल्ला इन्चार्जलाई भने प्रहरी प्रधान कार्यालयले निगरानीमा राखेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds