उपेन्द्रलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन

जनकपुरधाम । प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई राजीनामा दिन निर्देशन दिएका छन् ।

माओवादीले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता गरे लगत्तै दाहालको सचिवालयले उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री पदबाट राजीनामा गर्न उपेन्द्र यादवलाई प्रधानमन्त्रीको सन्देश पठाएको छ ।

बिज्ञापन

यता जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको छ ।

सरकारबाट समर्थन फिर्ता लिने विषयमा पार्टीले अहिले बालकुमारीस्थित पार्टी कार्यालयमा छलफल गरिरहेको छ ।