2024-04-25

Close

जनकपुरधाम,४ बैशाख । धनुषाको औरही गाउँपालिका वडा नं.६ को वडा अध्यक्ष दिलिप प्रसाद साहको संयोजकत्व र ईलाका प्रहरी कार्यालय औरहीको रोहवरमा संघीय सरकार र प्रदेश सरकारको निर्देशिका लाई पुर्ण रुपले उलंघन गरि विपक्षी राजनीतिक दलको प्रतिनिधिलाई समाबेश नगराई वडा अध्यक्षले आफ्नो मनोमानी गरि २०९ घर परिवारलाई भोट बैंकको राजनीतिक गरि लकडाउन को धजिया उडाउदै राहत वितरण गरेको छ ।

धनुषाको औरही गाउँपालिका वडा नं.६ को स्थानीयतहमा राहत वितरणमा चलखेल शुरूवात निमुखा जनताको अवाज गाउपालिका प्रमुख र वडा अध्यक्ष हरुले आफ्नो पार्टीको कार्यकर्तालाई मात्र राहत दिएको छ। अधिकांश आफ्नो कार्यकर्ता भएको लाई मात्रै नाम लेखेर राहत वितरण गरेका छन । जसको लागि राहत आएको छ त्यस लाई न दिने बरु एक बिघा ,१५ कठ्ठा जग्गा छ त्यस्तो व्यक्तिहरुको लिस्टमा नाम लेखेर दिएको छ ? के यही हो राहत बाडने तरिका तर प्रदेश सरकारले लकडाउनको समयमा भोकै कुनै जनता नमरौस भने उदेश्यका साथ अति विपन्न घरपरिवारलाई राहत दिनको लागि रकम पठाएको छ।कार्यकर्ता पालनको लागि होईन राजनीति गर्नको लागि दिएको होइन ।

यस्तो महामारी विपदको समयमा यदि राजनीति गर्यो भने राम्रो हुदैन । गाउपालिका प्रमुख र वडा अध्यक्षले सामाजिक दूरी कायम नगरीकन राहत वितरण गरेकोमा स्थानीय समाजसेवी युवा नेता कलाम मंसुरी र राजपाको युवा नेता शत्रुधन साहले बताउनुभयो ।

सरकारले लकडाउनको समयमा भोकै कुनै जनता न मरौस भने उदेश्यका साथ सामाजिक दूरी कायम गरेरमात्र वितरण गर्न अति विपन्न घरपरिवारलाई राहत दिनको लागि रकम पठाएको हो कार्यकर्ता पालनको लागि होईन।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds