2024-05-14

Close

जनकपुरधाम । धनुषाको विदेह नगरपालिका-८ बफैमा आयोजित माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ, नृत्य र गायन गरी तीनवटै प्रतियोगितामा श्री जनता नमूना मा.वि. गिद्धा-बेलापट्टीले प्रथम स्थान हासिल गरेको छ ।

तिहार र छठ पर्वको अवसरमा निःशुल्क “साँझ ट्यूशन सेन्टर” बफैद्वारा संचालन गरिएको यस प्रतियोगितामा जिल्ला भरिका १३ वटा विद्यालयका विद्यार्थीहरु सहभागि भएका थिए ।

सो मध्ये हाजिरि जवाफ प्रतियोगितामा श्री जनता नमूना मा.वि. गिद्धा-बेलापट्टीको सुमित अधिकारी, कंचन साह, बलराम शार्माको समूहले प्रथम स्थान हासिल गरेको बताइएको छ । त्यस्तै गायन तर्फ दिपिका मण्डल प्रथम भएकी छन् । त्यस्तै नृत्य प्रतिगोगिता तर्फ गिद्धा बेला माविका अंजली मुखिया, सुस्मिता महतो, सरस्वती कुमारी महरा, साजन मण्डल, प्रियँका दास, पूजा पासमान सम्मिलित समूहले प्रथम स्थान हासिल गरी विद्यालयको सम्मानलाई उच्च स्थानमा पुर्याएको गिद्धा बेला माविका प्रधानाध्यापक पवन मण्डलले बताए ।

गंगाप्रसाद मंडलले अध्यक्षता गरेको सो कार्य क्रममा प्रमुख अतिथि साहित्यकार डा.राजेन्द्र विमल, साहित्यकार धीरेन्द्र प्रेमर्षि सहितका अतिथिहरु विजेता टोलीलाई पुरस्कार तथा सम्मान दिएका थिए ।

कार्यक्रममा गायिका रुपा झा, बाबा सत्यनारायण आलोक, दिवाकान्त झा, सुरतलाल यादवसहितका वक्ताहरुले शुभकामना आदान प्रदानमा आ आफ्नो धारण ाराखेका थिए । त्यस्तै जनकपुरधामका ख्याति कलाकार रामनारायण ठाकुर र धिरज ठाकुरले निर्णायकको भूमिका निर्वाह गरेको बताइएको छ ।

कार्यक्रमलाई सक्रिय सहभागिता जनाई सफल बनाउन सहयोग गर्ने विद्वान शिक्षक–शिक्षिका साथीहरु, विशेषगरी सरोज कुमार मंडल, नृत्मा बरुण कुमार पंडित, गायनमा विन्देश्वर ठाकुर, पवन कुमार झा र विनय कुमार मंडल, देवनारायण साहसहितकालाई प्रधानाध्यापक मण्डलले धन्यवाद समेत व्यक्त गरेका छन् ।

विक्रम सम्वत् २००८मा स्थापना भएको सो विद्यालयमा हाल ५ हजार ९ सय १५ छात्रछात्रा अध्ययनरत रहेका छन् भने ७७ जना शिक्षक तथा कर्मचारीहरु कार्यरत रहेका छन् । प्राथमिक विद्यालयको रुपमा स्थापना गरिएको सो विद्यालय २०२९ सालमा निम्न माध्यमिक विद्यालयको रुपमा स्तरोन्नति भएको थियो भने अहिले कक्षा १२ सम्मको अध्ययन अध्यापना हुने गरेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds