2024-09-07

Close

विनय आजाद
सिरहा । विदेशी ब्रान्डको चुरोट मार्लबोरोलाई ‘रिलेबलिङ’ गरी बिक्री गर्ने गरेको आशंकामा प्रहरी र आन्तरिक राजस्व कार्यालयले अनुसन्धान थालेका छन् । सिरहाको मिर्चैयास्थित सौर्य सिमेन्ट उद्योगभित्र भण्डारण गरिएको चुरोटमा लेबलिङ गरेका विषयमा आफू जानकार भएको र प्रहरीको सहयोगमा अनुसन्धान भइरहेको आन्तरिक राजस्व कार्यालय, लहानका प्रमुख पुण्य रिजालले पुष्टि गरे ।

चुरोटको बट्टामा अर्को स्टिकर लगाएर बेच्नु अवैध ठहरिने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, वीरगन्ज कार्यालयका सूचना अधिकारी दिलीप खंगले बताए । ‘वास्तविक मूल्य भएको ठाउँमा बढी मूल्य लेखिएको स्टिकर टाँस गरी बेच्न मिल्दैन,’ उनले भने, ‘यस्तो काम रिलेबलिङ हो ।’ सिरहा भन्सार कार्यालय, माडरका प्रमुख तोयानाथ सापकोटाले भने बट्टामा लगाइएको बढी मूल्यकै राजस्व बुझाएको भए गलत नहुने बताए । तर आयात गर्दाको कम मूल्यको राजस्व बुझाएको र नयाँ मूल्य बढी कायम गरी बेचेको भए ठगी र राजस्व छली हुने उनको भनाइ छ ।

इन्डोनेसियास्थित पीटी फिलिप मोरिस नामक कम्पनीबाट उत्पादित चुरोटको बट्टामा वास्तविक मूल्य लेखिएको ठाउँमा बढी मूल्य लेखिएको स्टिकर टाँस गरिएको छ । आन्तरिक राजस्व विभागको स्टिकर टाँस गरिएका चुरोटका बट्टामा फेरि नयाँ स्टिकर टाँस गरी बिक्री गरिएको हो ।

मार्लबोरोका दुई प्रकारका चुरोट ‘मार्लबोरो’ र ‘मार्लबोरो गोल्ड’ मा यस्तो फेला परेको हो । उपभोक्ता संरक्षण ऐन ०७५ ले रिलेबलिङलाई निषेध गरेको छ । यस्तो काम गैरकानुनी हो । कान्तिपुरलाई प्राप्त विवरणअनुसार मार्लबोरो मात्रै लेखिएको चुरोटको बट्टामा वास्तविक मूल्य २ सय ३० रुपैयाँ लेखिएको छ ।

मूल्य लेखिएकै ठाउँमा प्लास्टिक कभरको माथिबाट २ सय ८० रुपैयाँ लेखिएको स्टिकर टाँस गरिएको छ । मार्लबोरो गोल्डको वास्तविक मूल्य पनि २ सय ८० लेखिएको ठाउँमा माथिबाट ३ सय ५० रुपैयाँको नयाँ स्टिकर टाँस गरिएको छ ।

यसरी एउटै बट्टामा ५० र ७० रुपैयाँ बढी लिएको भेटिएको छ । उक्त रकमबाट हुन आउने राजस्वसमेत छली भएको आशंका गरिएको छ ।

चुरोटको गोदाम सौर्य सिमेन्ट उद्योगमा

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर