2024-12-04

Close

जनकपुरधाम । मधेश प्रदेशमा बन्ने नयाँ सरकारमा सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँडमा सकस परेपछि सरकार दाबीमा ढिलाइ भएको छ ।

प्रदेश प्रमुख सुमित्रा भण्डारीले हिजो राति नै शुक्रवार बिहान १० बजेभित्र नयाँ सरकारको दाबी गर्न आह्वान गरेकी हुन् ।

सत्ता गठबन्धनले आजै ५५ सांसदको हस्ताक्षरसहित नयाँ सरकारको दाबी गर्ने जनाएको छ । तर दलहरुबीच मन्त्रालय बाँडफाँडमा सकस परेको बुझिएको छ ।

नेकपा एमाले, नेकपा एमाले र जनमत पार्टीबीच जनमतको नेतृत्वमा सरकार बनाउने सहमति भएको थियो । पछि नेकपा एस पनि जनमतको नेतृत्व स्वीकार्न तयार भयो । जनमतले मुख्यमन्त्रीका लागि सतिश कुमार सिंहको नाम सारेको छ ।

मन्त्रालय बाँडफाँड टुङ्ग्याउन मधेश भवनमा सत्ता गठबन्धन दलबीच छलफल भएको छ । बिहान करिब ११ बजेदेखि निरन्तर छलफल गर्दा पनि कुरा नमिलेको बैठकमा सहभागी एक सांसदले बताए ।

उनका अनुसार अर्थ मन्त्रालय माओवादीलाई दिने आन्तरिक सहमति भएको थियो । तर नेकपा एसले अर्थ मन्त्रालयमा दाबी गरेपछि समस्या भइरहेको छ ।

नेकपा एसका सांसद प्रमोद कुमार यादवले अर्थ मन्त्रालय वा भौतिक पूर्वाधार मन्त्रालयमध्ये एकसहित तीन मन्त्रालय दिनुपर्ने बताए । उनले भने, ‘छलफल भइरहेको छ । एक चरणको छलफल सकेको छ । आजै पुनः छलफलमा बसेर टुङ्ग्याउने कुरा छ ।’

माओवादी संसदीय दलका उपनेता युवराज भट्टराईले मन्त्रालय बाँडफाँड सम्बन्धमा ९५ प्रतिशत कुरा मिलेको दाबी गरे । कति वटा र कुन कुन मन्त्रालयमा दाबी रहेको विषयमा उनले केहि खुलाउन चाहेनन् ।

स्रोतका अनुसार जनमतलाई मुख्यमन्त्री र एक मन्त्रालय, नेकपा एमालेलाई चार मन्त्रालय, नेकपा एस र माओवादीलाई दुई दुई मन्त्रालय बाँडफाँड गरी प्रदेश प्रमुखसमक्ष नयाँ सरकारको दाबी पेश गर्ने तयारी छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर