2024-05-14

Close

जनकपुरधाम । धनुषाको सीमा नाकामा आवश्यक कडाई गर्दै आएको सशस्त्र प्रहरी बल धनुषाले एकै पटक १२ लाख मूल्य बराबरको तस्करीको समान पक्राउ गरेको छ ।

धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. १ ईनर्वास्थित अड्डा टोल ईलाकाबाट बिओपी ईनर्वाले १२ लाख मूल्य बराबरको समान पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण सशस्त्र प्रहरी बल धनुषाका एसपी दिनेश मल्लको विशेष सक्रियतामा सीमा नाकामा अवैद्य कपडा तस्करीलाई निगरानीपछि सो मूल्य बराबरको कपडा बरामद गरिएको हो ।

तीन वटा मोटरसाईकलमा लादेर भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा गस्तीमा खटेका सशस्त्र प्रहरीले सो मूल्य बराबरको कपडा बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुर मातहतको बिओपी ईनर्वाबाट विशेष सुचनाका आधारमा खटिएको टोलिले सोमबार राती ११ बजेको समयमा भारतबाट भन्सार छली तीन वटा मोटरसाईकलमा राखी नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

अन्दाजी ३ लाख ७५ हजार मुल्य बराबरको कपडा र कपडा ल्याउन प्रयोग गरेको अन्दाजी ४ लाख ५० हजार मुल्य बराबरको मोटरसाईकल समेत बरामद गरेको हो । ज ११ प ६३२१, ज ७ प ८७५६ र प्रदेश २–०२–००१ प ०२०८ नम्बरको मोटरसाईकलसहित अवैद्य कपडा बरामद गरेको हो ।

सोही रात सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाबाट खटिएको गस्ती टोलिले जनकपुर स्थित महाविर चोकबाट २ वटा मोटरसाईकलमा अबैध रुपमा ल्याउँदै गरेको अन्दाजी २ लाख मुल्य बराबरको कपडा र कपडा ल्याउन प्रयोग गरेको अन्दाजी २ लाख मुल्य बराबरको मोटरसाईकल समेत बरामद गरेको हो ।

सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखे पश्चात तस्करहरु मोटरसाईकल र सामान छाडी भागेको सशस्त्र प्रहरी एसपी मल्लले जानकारी दिए । उक्त कपडा र मोटरसाईकल गरी जम्मा १२ लाख २५ हजार बराबरको बरामद सामान आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषा तथा गण मातहत कार्यालयहरुले चालु आर्थिक वर्षको कार्तिक महिनामा मात्रै ६० लाख भन्दा बढी मुल्य बराबरको अबैध सामान तथा सामान ओसार पसारमा प्रयोग गरिएका सवारी साधनहरु बरामद गरी आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds