जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल युवा संघका प्रदेश सदस्य ओम प्रकाश महतो नेकपा एमालेमा आज विविध रुपमा प्रवेश गरेका हुन।
आइतवार नेकपा एमाले क्षेत्र नं.२ धनुषाको सम्पर्क कार्यालय जनकपुरधाम स्थित एमालेका केन्द्रिय सदस्य पुर्व मन्त्री उमाशंकर अरगरिया,केन्द्रिय सदस्य सन्जिव झा सुरज र मधेश प्रदेश सदस्य लक्ष्मी नारायण यादव लागयतका नेताले फुलमाला र अविर लगाएर प्रवेश गराएका छ्न ।
ओमप्रकाश महतोले मधेश आन्दोलन देखि नै मधेशवादी दल मधेसी जनअधिकार फोरम नेपालमा रहेर पार्टी प्रति बफादार रहेर काम गर्दै आइरहेका थिए तर अहिले जसपा धनुषामा पार्टी संग गजदारी गर्ने व्यक्तिहरुको हातमा केन्द्रीय पार्टी अध्यक्ष उपेन्द्र यादवले पार्टीको बागडोर दिएर आफू चाहिँ सातामा रमाउने प्रवृत्ति रहेकोे हुँदा धनुषामा जसपा पतन हुने निश्चित छ महतोले बताए ।