2024-05-06

Close

जनकपुरधाम । मधेशमा चुरे बचाऊ अभियान एवं यसमाथि चर्चा, परिचर्चा, बहस, छलफल, अन्तरक्रिया र संवाद जारी रहेकोे अवस्थामा सरकारले संसदमा यसविपरीत विधेयक लगेको छ ।

सरकारका तर्फबाट वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतोले ढुंगा, गिट्टी र बालुवा भारत लगायत अन्य देशमा निकासी पैठारी सम्बन्धी विधेयक सदनमा लगेका हुन् । जसको मधेशमा चौतर्फी विरोध सुरु भएको छ । मधेशको जीवन रेखा मानिने चुरे, पर्वत, नदि, खोला दोहनका लागि सरकार र वनमन्त्री महतोले चालेको यो कदमप्रति मधेशका बुद्धिजीवीहरू आपत्ति जनाइरहेका छन् ।

यसैबीच, मधेश सरकारका पूर्वराज्यमन्त्री सुरेश कुमार मण्डलको पनि वक्तव्य आएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले यो विधेयक तत्काल फिर्ता नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

उनले लेखेका छन्, ‘वर्तमान सरकार र यसका व्यापारी मन्त्रीद्वारा ढुंगा, गिट्टी र बालुवा भारत लगायत अन्य देशमा निकासी पैठारी सम्बन्धी विधेयक सदनमा आउनु दु:खद हो । यसको म घोर भत्र्सना र विरोध गर्दछु । साथै उक्त विधेयक अविलम्ब फिर्ता लिन माग गर्दछु । अन्यथा चुरे बचाउन जस्तोसुकै कदम चाल्न बाध्य हुने र आन्दोलनमा उत्रिने चेतावनीसमेत दिन चाहन्छु ।’

विवादित र व्यापारिक पृष्ठभूमिका वनमन्त्री महतो पैसाको बलमा चुनाव जितेको र अहिले सरकारलाई समेत प्रभावमा पारेर आफ्नो व्यापारिक लाभ र स्वार्थ सिद्धीमा लागिपरेको भन्दै उनलाई बर्खास्त गर्नुपर्ने मागसमेत जनस्तरबाट उठेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds