2024-04-25

Close

सप्तरी : सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच मंगलबार कुटाकुट भएको छ । गाउँ कार्यपालिकाको बैठकका क्रममा अध्यक्ष सूर्यनारायण मण्डल ‘कुरुड’ र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट हुँदा अध्यक्ष मण्डलको दुईवटा दाँत भाँचिएको छ ।

वडा नम्बर ३ का अध्यक्ष दीपेन्द्र यादवका अनुसार किसानलाई गहुँको बिऊ वितरण गर्ने विषयमा उनीहरुबीच विवाद भएको थियो । ‘यही विषयमा भनाभन भएपछि उपाध्यक्षले कुर्सी उठाएर अध्यक्षमाथि प्रहार गर्न खोज्नुभयो । त्यही क्रममा झडप हुँदा अध्यक्षज्यूको दुई वटा दाँत भाँचिएको छ’ उनले भने ।

अध्यक्ष र उपाध्यक्षबीचको विवादका कारण गाउँपालिकाको पछिल्लो दुई बर्षको गाउँसभा हुन नसक्दा कर्मचारीले तलब नपाएको भन्दै आन्दोलन गरेका थिए । कर्मचारीको आन्दोलनपछि एक साताअघि मात्रै गाउँसभा भएको थियो ।

उपाध्यक्षले कुर्सी उठाएर अध्यक्षमाथि प्रहार गर्न खोज्दा उनकै हातको चुरासमेत फुटेको वडा अध्यक्ष यादवले बताए । ‘उहाँको हातमा सामान्य चोट पनि लागेको हामीले हेर्‍यौं’ उनले भने । घटनापछि अध्यक्ष र उपाध्यक्षको मोवाइलमा सम्पर्क हुन सकेको छैन ।

सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले घट्नाबारे आफूहरुले पनि जानकारी पाएको बताए । ‘घटनापछि उहाँहरु आफैं घरतिर जानुभएको रहेछ । कुनै पनि पक्षले प्रहरीलाई जानकारी गराएको छैन’ उनले भने ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds