2024-05-02

Close

जनकपुरधाम । नेपाली कांग्रेस धनुषा क्षेत्र नम्वर २ को सभापति र महासमिति सदस्यका लागि निर्वाचन हुने भएको छ ।

क्षेत्रीय सभापतिका लागि साधु भनेर चिनिने शिवशंकर कुमार गोईत, नवीन कुमार गोहिवार र भूपनारायण यादव उम्मेदवार छन् । साधु संस्थापन पक्षका छन् ।तर, शेखर कोइराला समूहबाटै नवीन र भूपनारायण मैदानमा उत्रिएका छन् ।

साधुलाई पार्टीका सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य मुक्ता यादव र पुराना नेता आनन्द ढुंगानाको समर्थन छ । सोही क्षेत्रमा पर्ने हंसपुर नगरपालिकाका मेयर प्रदीप यादव र कमला नगरपालिकाका मेयर विशेश्वर यादव पनि साधुकै पक्षमा खुलेका छन् ।

नवीनलाई पूर्वसांसद दिनेश प्रसैलाले मैदानमा उतारेको स्रोतको दाबी छ । उनलाई जसरी पनि जिताउन पूर्वसांसद प्रसैला भोट माग्दै हिँडेका छन् ।

क्षेत्र नम्वर २ बाटै निर्वाचित प्रतिनिधिसभा सदस्य रामकृष्ण यादव भूपनारायणलाई जिताउन माहोल बनाइरहेका छन् । पूर्वसांसद शिवधारी यादव पनि भूपनारायणको पक्षमा खुलेका छन् ।

पार्टीको क्षेत्रीय निर्वाचनमा पनि गुट उपगुट सक्रिय बनेको छ । उम्मेदवारहरुभन्दा पनि केन्द्रीय नेताहरुले आआफ्ना पक्षका नेतालाई क्षेत्रीय सभापति बनाउन घरदैलो गरिरहेका छन् ।

अहिलेको अवस्थामा साधु बलिया उम्मेदवार देखिन्छन् । दुई स्थानीय तहका मेयरसमेत सक्रिय बनेपछि साधुले क्षेत्रीय सभापतिमा बाजी मार्ने सम्भावना बढेको सो क्षेत्रका एक कांग्रेस नेताले बताए ।

उनले भने, साधु बलियो देखिए पनि नवीन र भूपनारायण पनि कमजोर छैनन् । यहाँ कडै प्रतिस्पर्धा हुन्छ ।’

यस्तै सात महासमिति सदस्यका लागि पनि मतदान हुनेछ । जसमा ५ जना प्रत्यक्ष र २ जना समानुपातिकबाट निर्वाचित हुनेछन् ।

महासमिति सदस्यका लागि प्रत्यक्षतर्फ दिनेशप्रसाद प्रसैला, विशेश्वर यादव,भोला चौधरी, महेशशंकर गिरी, राजदेव यादव, राजेश्वर गोइत, शिवधारी यादव र सुधीर गोइत उम्मेदवार छन् ।

समानुपातिकतर्फ २ जनाका लागि उत्तीमप्रसाद मण्डल, रामचन्द्र मण्डल र शत्रुधन यादव उम्मेदवार छन् ।

धनुषा क्षेत्र २ मा औरही गाउँपालिका‌, शहिद नगरपालिका, विदेह नगरपालिका, जनकनन्दनी गाउँपालिका, कमला नगरपालिका, हंसपुर नगरपालिकाका ४ वटा वडा र जनकपुरधाम उपमहानगरपालिकाका २ वटा वडा पर्छन् ।

निर्वाचन तालिकाअनुसार शनिबार क्षेत्रीय सभापति र महासमिति सदस्यका लागि मतदान हुनेछ ‌। ८२२ क्षेत्रीय प्रतिनिधिलाई मतदाता कायम गरिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds