2024-12-12

Close

वीरगन्ज १८ मङ्सिर
प्रहरीले प्रतिबन्धित लागूऔषध सहित तीन जना पक्राउ गरेको छ।
पर्सा प्रहरीले अवैध लागूऔषध खैरो हिरोईन र नाईट्रोजाईपाम सहित ३ तीन जनालाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको प्रहरी चौकी ईनार्वाका बरिस्ठ प्रहरी नायब निरीक्षक संतोष केसीको कमाण्डमा रजतजयन्ती चौकमा खटिएको प्रहरीको चेकिङ्टो्लीले भारतबाट नेपाल तर्फ आउदै गरेको ना.३० प ७७४६ नम्बरको स्कुटीलाई रोकी कानूनी रीतपुर्याई खानतलासी गर्दा सवारले हुडी भित्र बायाँ हाँतमा लुकाई छिपाई राखिएको लागु औषध खैरो हिरोइन ०.६२० मि. ग्राम बरामद गरेको पर्सा प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए।
त्यसैगरि प्रहरी चौकी ईनार्वाले रजतजयन्ती चौकबाट भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्रीलाई संकास्पद हिडिरहेको युवकलाई रोकी चेकजाँच गर्द बोकेको प्लास्टिकको झोला भित्र प्रतिबन्धित लागु औषध नाईट्राजेपाम नाइजा एक्यान प्रति पत्तामा १० ट्याब्लेटका दरले ७ पत्तामा ७० ट्याब्लेट सहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक थापाले बताए।
प्रतिबन्धित लागूऔषध खैरो हिरोईन सहित हेटौडा वडा१ का सुवास पौडेल र समीप श्रेष्ठ र हेटौडा १४ का साजन पौडेललाई नाईट्राजेपाम सहित तिनजनालाई नियन्त्रणमा लिई लागूऔषध कसूरमा मुद्दा चलाएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर