2024-04-26

Close

श्याम गुप्ता
बारा, २८ पुस । नेकपा एमालेको बढ्दो लोकप्रियताका कारण चौतर्फी घेराबन्दी भएको नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बताएका छन् ।
नेकपा एमाले बाराको दशौं जिल्ला अघिवेशनको उदघाटन सत्रमा बोल्दै पोखरेलले जनताले रुचाए कै कारण अहिले एमाले विरुद्ध गठबन्धन भएको दाबी गरेका हुँन् ।
’जनताले एमालेलाई रुचाएका कारण अन्य दलले एमालेसँग एक्लै चुनाव लड्न सक्ने अवस्था छैन्,’ महासचिव पोखरेलले भने, ‘एक प्रकारले पार्टी विरुद्ध घेराबन्दी छ र नेतृत्व माथि चौतर्फी हमला भइरहेको छ, एक हिसाबले भन्दा हाम्रो पार्टीलाई एक्लो बनाउँने प्रयास पनि भएको छ ।’
एमालेले देश, जनता, राष्ट्र र परिवर्तनको पक्षमा राम्रो काम गर्दा चौतर्फी आक्रमण गरी एमालेलाई रोक्न गठबन्धन र घेराबन्दी भएको उनले प्रस्ट पारे ।
महासचिव पोखरेलले एमालेले शिक्षा, स्वास्थ्य लगायत समग्र विकासमा योजनाका साथ काम गरेको उल्लेख गरे ।
उनले आउँने निर्वाचनमा नेकपा एमाले नैं मधेसी जनताको रोजाइको पार्टी हुँने पनि बताए । उनले विगतका सरकारले मधेसको लाइफ लाइनको रूपमा रहेको हुलाकी सडकलाई ठेक्का लगाएर काम गर्न नसके पछि एमालेको सरकारले पूरा गरेको उनको भनाई थियो ।
विभिन्न अवसरवादीका कारण नेकपा एकता टुटेको बताउँदै उनले आउँने निर्वाचनमा नेकपा एमाले नैं देशको पहिलो शक्तिको रूपमा स्थापित हुँने उनले दाबी गरे ।
कार्यक्रममा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा लगायत विभिन्न पार्टी परित्याग गरि ५ दर्जन भन्दा बढी एमाले प्रवेश गरेका थिए ।
कार्यक्रममा केन्द्रिय सदस्य एवंम् पोलिटब्युरो सदस्य पुरूषाेत्तम पौडेल, अचुत मैनाली, प्रभु साह, ज्वाला साह लगायतले बोलेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds