2024-04-20

Close

 

युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको नाममा गरिने हिंसात्मक व्यवहार, बालश्रम, बाल विवाह, लैंगिक हिंसा, मानव बेचविखन र आनलाइन सुरक्षा सम्बंधि विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल कार्यक्रम सम्पन्न भएको छl

कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो
कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख शाहले बाल बालिका माथि हुने कुनै पनि प्रकारको हिंसामा शून्य सहनशीलता अपनाउन सहभागीहरू लाई आग्रह गर्दै बाल बालिकाको संरक्षण कृष्णनगर नगरपालिकाको पहिलो प्राथमिक बिषय रहेको जानकारी दिनुभयो

कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै युनिसेफका प्रकाश कैनिले बाल बालिका माथि हुने सबै प्रकारका हिंसा हरूको निवारण हुनु पर्ने भएकाले विद्यालय र परिवार भित्र बाल बालिका हरू सुरक्षित रहनका लागि विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरूको महत्वपूर्ण भूमिका रहने हुनाले उनीहरु बिच छलफल गरि के – कसरी बाल बालिका हरूलाई सुरक्षित गर्न सकिन्छ भन्ने बारेमा कार्यक्रम तय गरिएको बताए

कार्यक्रममा सहजकर्ता आर. टि. खानले बाल संरक्षण सम्बंधि विविध बिषयवस्तुमा सहजीकरण गरे  सहभागी दश ओटा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरूले छलफल गरि बाल बालिका माथि हुने हिंसा निवारण गर्न आफूहरू प्रतिबद्ध रहेको बताए  कार्यक्रम कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले संचालन गर्नुभयो

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds