2024-05-17

Close

जलेश्वर । गहुँ खेतीका लागि कृषि मजदूर तथा पानीको अभाव भएको बेला महोत्तरी जिल्लाको पिपरामा बिना खनजोत गहुँ खेती सुरु गरिएको छ ।

कृषि अनुसन्धान परिषद् बेला चापी र कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगञ्जको आयोजनामा उक्त अभियानको शुरुआत पिपरा गाउँपालिका–नं ३ का वडाध्यक्ष किशोरी अधिकारीले गरे । आम किसानहरूलाई यस प्रविधिका बारेमा जानकारी दिने उद्देश्यले खुल्ला २ बिघामा खेतीको शुरुआत गरिएको छ ।

सिँचाइको अभाव रहेको र अत्यधिक युवाहरू वैदेशिक रोजगारीमा गएका कारण कम लागतमा अधिक उत्पादन लिन उक्त खेतीको शुरुआत गरि एको कृषि अनुसन्धान परिषद वेलाचापीका प्रमुख राम दास चौधरीले जानकारी दिए । यस प्रविधिमा खेतको जोताई मेसिनले ११ लाइनमा गर्नुका साथै मेसिनले नै मात्रा अनुसारको बीउ तथा मल छर्ने उनले जानकारी दिए । मेसिनले नै बीउ तथा रासायनिक मल खेतमा हाल्ने भएकाले थोरै समयमा धेरै खेतमा गहुँ लगाउन मिल्ने कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीर गञ्जका प्रमुख वैज्ञानिक सचिन कुमार मिश्रले बताए । वेलाचापीका प्रमुख राम दास चौधरीले जानकारी दिए । यस प्रविधिमा खेतको जोताई मेसिनले ११ लाइनमा गर्नुका साथै मेसिनले नै मात्रा अनुसारको बीउ तथा मल छर्ने उनले जानकारी दिए । मेसिनले नै बीउ तथा रासायनिक मल खेतमा हाल्ने भएकाले थोरै समयमा धेरै खेतमा गहुँ लगाउन मिल्ने कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीर गञ्जका प्रमुख वैज्ञानिक सचिनकुमार मिश्रले बताए ।

यस प्रविधिले खेती गर्दा ३० देखि ५० प्रतिशतले पानी कम लाग्नुका साथै प्रति कट्ठा २ देखि तीन मन उहुँ उत्पादन हुने कृषि वैज्ञानिक मिश्रले बताए ।

परम्परागत शैलीमा गहुँ खेती गर्दा लागत बढ्नुका साथै प्रति कट्ठा १ देखि डेढ मन मात्र उत्पादन हुने गरेको वडाध्यक्ष अधिकारीले जानकारी दिए । यस प्रविधिबाट खेती गर्दा १०–१५ दिन अगावै गहुँ छर्न सकिने, धान काटेर हटाइसके पछि ४–५ पटक जोताई गर्ने खर्च र बाली लगाउने समय जोगाउँछ, धेरै पटक जग्गा जोते पछि सिँचाइ गर्दा पानी बढी खर्च हुने भएकाले यस प्रविधिमा ४० प्रतिशत पानी भए पुग्ने साथै बढी पानी भएर गहुँ बाली पहेलो हुनबाट जोगाउँछ ।

यस प्रविधिबाट खेती गर्दा खेती योग्य जमिनलाई जति बढी जोताई गर्यो त्यति बढी मात्रामा झारपात आउने भएकाले यस प्रविधिबाट गहुँ खेती गर्दा झार पात कम भइ गहुँ उत्पादनमा वृद्धि हुने गरेको उनले बताए ।

यस प्रविधिमा धान काटदा २० दिन २५ सेन्टिमिटर डाठ छोडेर काटदा जमिनमाथि रहेको झार पातहरु कुहिएर मलमा परिणत भइ माटोमा प्राङ्गारिक मलको वृद्धि हुने गरेको उनले बताए ।

प्राकृतिक श्रोत साधनको संरक्षण गर्नुका साथै मलजलको समुचित सदुपयोग भइ इन्धनको खपतमा कमी हुनुका साथै बातावरणीय प्रदूषणबाट जोगाउने गरेको समेत उनले बताए । बैज्ञानिक मिश्रका अनुसार आजको नयाँ सोच अनुसार कृषकहरुको झुकाव कृषि यान्त्रिकरण तर्फ बढी भएकोले यो प्रविधि उपयुक्त रहेको छ ।

बढ्दो उत्पादन खर्च र घटदो बजार मूल्यको कारण गहुँ खेती कम फाइदाजनक हुनु, थोरै समयमा धेरै गहुँ खेती लगाउन सकिने, श्रमिकको अभाव दिन प्रतिदिन बढ्दै जानु, अधिक उत्पादन र खुद नाफा बढी गर्नकालागि यस प्रविधिको प्रयोगको आवश्यकता रहेको उनले बताए । सोही क्रममा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) कृषि औजार अनुसन्धान केन्द्रले जिरो टिलेज (शुन्य खनजोत) मेसिनको परीक्षण पनि गरेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds