डा. शरदसिंह यादवले नयाँ दल गठन गरे जनअधिकार पार्टी

काठमाडौं । डा. शरदसिंह यादवले नयाँ दल गठन गरेका छन् । यादवको नेतृत्वमा जनअधिकार पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

जनअधिकार पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ । चुनाव चिन्हमा ढुङ्गा राखिएको छ । दल दर्ताका लागि निर्वाचन आयोगले उपलब्ध गराएको समयको अन्तिम दिन अर्थात् गत १४ मंसिरमा जनअधिकार पार्टीले दर्ता प्रमाणपत्र प्राप्त गरेको छ ।

बिज्ञापन

नवगठित दलको केन्द्रीय सदस्य २१ जनाको बनाइएको छ । केन्द्रीय समितिमा ७ जना महिला सहित २१ जना बनाइएको अध्यक्ष डा. शरदसिंह यादवले जानकारी दिए । नवगठित दलका अध्यक्ष यादवले भने, मधेशको राजनीतिमा वैकल्पिक र बलियो शक्ति बन्छौं ।