2025-01-17

Close

नरेश चन्द्र बरबरिया, सिरहा । फैसल सामुदायिक विकास संस्था माडर द्वारा शल बितरण तथा सम्मान “कार्यक्रम सम्पन्न भएको छ ।
सिरहा नगरपालिका वडा न.१६ माडरमा एक कार्यक्रम बीच
मधेश प्रदेश सभा सदस्य संजिला कुमारी यादवको प्रमुख आथित्य एवम् अध्यक्ष मो. फहदको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अति बिपन्न, दलित, वृद्ध, अपाङ्ग, विद्यार्थी लगायतका व्यक्तिहरुलाई शल ( चादर ) बितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य यादव ” फैसल सामुदायिक बिकास संस्था आगामी दिनमा मधेश प्रदेश भरीमै चिनाउने संस्थाको रुपमा परिचीत होस र यस संस्थाका लागि चाहिने सहयोग गर्ने आफू कुनै बेला तैयार रहेको बताईन । शिक्षा, स्वास्थ, रोजगारी सम्बन्धि यस संस्थाको माध्यमले आएको काम लाई आफ्नो तवरबाट सहयोग गर्ने प्रतिबद्धता गरिन ।

फैसल सामुदायिक बिकास संस्थाका पदाधिकारीहरु खाडी मुलुक बाट परिश्रम गरि कमाएको रुपैया बाट आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई सहयोग गर्ने संस्थापक सदस्य मो. जमिलले जानकारी दिएका छन ।
“उनले भने, हामी खाडी मुलुकमा बसेर समाजमा केही नयाँ गर्ने र व्यक्तिगत रुपमा रुपैया संकलन गरेर गरिब,असहायलाई मद्दत गर्ने काम निरन्तर गर्दै आएको उनले बताए ।

संस्थाका पदाधिकारी लगायत सल्लाहकारहरुलाई प्रदेश सभा सदस्य संजिला कुमारी यादवको हात बाट शल ओढाएर सम्मान गरेका छन ।
कार्यक्रममा प्रादेशिक अस्पताल सिरहाका पदाधिकारी बिरेन्द्र यादव, शिक्षक प्रमेन्द्र यादव, युवा समाजसेवी धिरेन्द्र यादव, सामुदायिक बिकास संस्थाका सचीव मो.असरफ अलि, लगायत संस्थाका पदाधिकारी, स्थानीयहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर