2024-04-20

Close

रौतहट । पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले मंगलबार एक कार्यक्रममा भने बर्तमान सरकार नेपाल कम्युनिष्ट पार्टी होइनन् कमाउनिष्ट पार्टी सरकार हो भने बताएका छन् ।

गढीमाई नगरपालिकाको वडा नं.२ का लागि मंसिर १४ गते हुनलागे उपनिर्वाचनको चुनावी प्रचार प्रसारमा आएका पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले भने सर्वसाधारण जनता तथा गरिब जनतालाई शोषित गरिरहेको र भ्रष्टाचारमा लिप्त रहेको बर्तमान नेपाल कम्युनिष्ट पार्टी कम्युनिष्ट पार्टी होइनन् कमाउनिष्ट पार्टी हो भने बताएका छन् ।

पुर्व प्रधानमन्त्री डाक्टर भट्टराईले भने कम्युनिष्ट पार्टीलाई म जनताको हक अधिकार सुनिश्चित गर्नका लागी बनाएको थियो तर यो कम्युनिष्ट पार्टीले जनतालाई बिकास होइनन् बिनास तथा आफू कसरी कमाउने बाटो मात्र रोजिरहेको कारण म कम्युनिष्ट पार्टी छाडेको बताए ।

उनले भने एमाले तथा माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीले नेपालमा रहेको मधेसी जनजाति मिस्लिम तथा आदिवासीहरुलाई पछाडि पारी मात्र पहाडी मिलुकलाई समृद्धि तर्फ लगिन खोजेकोमा मलाई मन नपरेको कारण मैले समाजवादी पार्टी रोजेको भने बताए ।

समाजवादी पार्टीले सबैको हक अधिकार सुनिस्चित गर्ने नै छ तथा यो पार्टी समाजमा रहेको बिभेदलाइ खतम गरि समाजमा एक रुपता बिकास ल्याउने छ भने पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले प्रतिवध्ता व्यक्त गरे ।

सो कार्यक्रमको क्रममा नेकपा र नेपाली काँग्रेसलाई जिताएर केही फाइदा नहुने भन्दैं आफना पार्टीका उम्मेदावर तथा अनाथ दिनेश दासलाई पंजाछापमा मतदान गर्न सबैमा उनले आग्रह समेत गरे ।

चुनावी रैलीमा समाजवादी पार्टीका संघिय परिषदका अध्यक्ष डाक्टर बाबुराम भट्टराई, राष्टिय सभा सदस्य रामपृत पासवान, जिल्ला इन्जार्च बृज किशोर यादव, सह इन्र्चाज विरेन्द्र राय यादव, गरुडा नगरपालिकाका मेयर इन्नु राय यादव, देवाही गोनाहीका मेयर तथा पार्टीका जिल्ला संयोजक धर्मेन्द्र प्रसाद पटेल, बौधिमाई नगरपालिकाका मेयर राजिव रंजन यादव, युवा नेता जयनाथ यादव, विन्देश्वर राय यादव लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds